विद्युतीय अपराधसम्बन्धी मुद्दामा प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई सफाइ

काठमाडौं । काठमाडौं जिल्ला अदालतले सत्तारुढ दल नेकपा एमालेको शुभेक्छुक संस्था प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई विद्युतीय अपराधसम्बन्धी मुद्दामा सफाइ दिएको छ । न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले अध्यक्ष बस्नेतलाई उक्त मुद्दामा अभियोग दाबी नपुग्ने उल्लेख गर्दै सफाइ दिएको हो । वरिष्ठ अधिवक्ता बाबुराम दाहालका अनुसार सञ्चारमाध्यममा प्रकाशित समाचारका विषयलाई साइबर अपराध भन्न नमिल्ने र […]

Mar 7, 2025 - 00:21
 0
विद्युतीय अपराधसम्बन्धी मुद्दामा प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई सफाइ

काठमाडौं । काठमाडौं जिल्ला अदालतले सत्तारुढ दल नेकपा एमालेको शुभेक्छुक संस्था प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई विद्युतीय अपराधसम्बन्धी मुद्दामा सफाइ दिएको छ । न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले अध्यक्ष बस्नेतलाई उक्त मुद्दामा अभियोग दाबी नपुग्ने उल्लेख गर्दै सफाइ दिएको हो ।

वरिष्ठ अधिवक्ता बाबुराम दाहालका अनुसार सञ्चारमाध्यममा प्रकाशित समाचारका विषयलाई साइबर अपराध भन्न नमिल्ने र यसको क्षेत्राधिकार प्रेस काउन्सिल नेपाल रहेको अदालतले व्याख्या गरेका छ ।

जनता टाइम्स अनलाइमा प्रकाशित समाचारका विषयलाई लिएर अध्यक्ष बस्नेतमाथि उक्त मुद्दा दायर गरिएको थियो । अदालतले सोही मुद्दाका अर्का प्रतिवादी गणेश विकको हकमा भने पछि सजाय निर्धारण हुनेगरी कसुरदार ठहर्याएको छ । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register