ब्लोदानले मनायो दशौं राष्ट्रिय रक्तदाता दिवस

काठमाडौं । ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) ले दशौं राष्ट्रिय रक्तदाता दिवस मनाएको छ । प्रमुख अतिथि भाष्करराज राजकर्णिकारले बिरामीका लागि आवश्यक पर्ने रगतको समस्या समाधानका लागि सबै पक्ष मिलेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले रक्तदानलाई व्यवस्थित गरेर लानुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारी तवरबाट पनि आवश्यक कार्यहरुलाई अगाडि लानुपर्ने, रगतको महत्व आपूm र आफन्तलाई […]

Mar 7, 2025 - 04:35
 0
ब्लोदानले मनायो दशौं राष्ट्रिय रक्तदाता दिवस

काठमाडौं ।


ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) ले दशौं राष्ट्रिय रक्तदाता दिवस मनाएको छ ।

प्रमुख अतिथि भाष्करराज राजकर्णिकारले बिरामीका लागि आवश्यक पर्ने रगतको समस्या समाधानका लागि सबै पक्ष मिलेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले रक्तदानलाई व्यवस्थित गरेर लानुपर्नेमा जोड दिनुभयो ।

उहाँले सरकारी तवरबाट पनि आवश्यक कार्यहरुलाई अगाडि लानुपर्ने, रगतको महत्व आपूm र आफन्तलाई आवश्यक पर्दा मात्र थाहा हुने बताउनुभयो । उहाँले हरेक स्वस्थ व्यक्तिले नियमित रुपमा रक्तदान गरे बिरामीका लागि आवश्यक पर्ने रगतको व्यवस्थापनमा सहज हुने साथै आम सञ्चारमाध्यमबाट रक्तदानसम्बन्धी जनचेतना फैलाउन आवश्यक भएको र त्यसका लागि मिडिया एलाइन्स नेपाल सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

उहाँले रक्तदान सम्बन्धी सन्देशमूलक सामग्री उत्पादन गरी राष्ट्रिय टेलिभिजन, रेडियो र पत्रपत्रिकामार्फत प्रचारप्रसारमा सघाउने प्रतिबद्धता जनाउनुभयो । बागमती प्रदेश सांसद सुनिल केसीले आफू पनि विभिन्न संघसंस्थामार्फत सामाजिक कार्य गर्दै आएको बताउनुभयो । उहाँले राम्रो कामको सम्मान गर्ने संस्कारको विकास गर्न सके कुनै पनि कार्य सुलभ तथा सक्रिय रुपमा अगाडि बढाउन सक्ने बताउनुभयो ।

ब्लोदानका नि. वर्तमान अध्यक्ष ई. सानुबाबु प्रजापतिले उपचारका क्रममा रगत आवश्यक पर्ने बिरामीहरुका लागि रगतको सहज आपूर्तिको लागि सरकार, अस्पताल र रेडक्रस सोसाइटीलगायत अन्य सरोकारवालासँग सहकार्य गरेर जानुपर्नेमा जोड दिनुभयो । उहाँले स्वयम्सेवी रक्तदान अभियानमा युवा पुस्तालाई अगाडि लानुपर्नेमा जोड दिनुभयो ।

ब्लोदानका केन्द्रीय अध्यक्ष राजेश श्रेष्ठले विगत तीन दशकदेखि विभिन्न सरोकारवाला निकायसँग आवश्यक समन्वय गर्दै विनाशोधभर्ना बिरामीलाई आवश्यक पर्ने रगत उपलब्ध गराउन लागिपरेको बताउनुभयो । उहाँले रक्तदानसम्बन्धी जनचेतना अभिवृद्धि गर्न ब्लोदानले जनचेतनामूलक तथा उत्प्रेरणामूलक विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरेको बताउनुभयो ।

ब्लोदानका केन्द्रीय उपाध्यक्ष केशव महर्जन, ब्लोदानका उपाध्यक्ष उज्वल केसीले स्वागत मन्तव्य दिनुभएको थियो । उक्त कार्यक्रममा गत फागुन १ गतेदेखि २१ गतेसम्म ब्लोदानको आह्वानमा रक्तदान कार्यक्रम आयोजना गर्ने विभिन्न संस्थाहरुलाई सम्मान पनि गरिएको थियो ।

नेपालका प्रथम स्वयम्सेवी रक्तदाताहरुमा समर्पित गरी स्वयम्सेवी रक्तदाता एवं संघसंस्थाहरुलाई सम्मान गरौं भन्ने नाराका साथ सम्पन्न भएको सो कार्यक्रममा विशेष अतिथि बागमती प्रदेश सभासद् सुनिल केसी, अतिथिहरुमा ब्लोदानका संस्थापक तथा वरिष्ठ सल्लाहकार एवम् सल्लाहकार समितिका संयोजक सूर्यकुमारी श्रेष्ठ, त्रिवि लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्रका अध्यक्ष डा. राजेन्द्र गिरी, अन्तर्राष्ट्रिय नेपलिज ब्लड डोनर्स एसोसिएसनका उपाध्यक्ष डा. मनिता राजकर्णिकार, नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक पवन कुमार गुप्ता, ब्लोदानका संस्थापक, वरिष्ठ सल्लाहकार, सल्लाहकार, जिल्ला अध्यक्षहरुलगायतका हुनुहुन्थ्यो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register