यूएसएसडी भुक्तानी कारोबारको सीमा तोकियो
काठमाडौं । नेपाल राष्ट्र बैंकले यूएसएसडी प्रणालीमा आधारित भुक्तानी कारोबारको अधिकतम सीमा निर्धारण गरेको छ । भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०८० मा संशोधन गर्दै राष्ट्र बैंकले यूएसएसडी (यूएसएसडी) प्रणालीमार्फत हुने भुक्तानी कारोबारको दैनिक अधिकतम सीमा रु. १०,००० र प्रति कारोबार अधिकतम रु. ५,००० तोकेको हो । इन्टरनेटबिना नै मोबाइलमार्फत हुने यस्तो कारोबारलाई केही सीमित भुक्तानी सेवा प्रदायक संस्थाहरूले प्रदान गर्दै आएका छन् । तर, यसको नियमन आवश्यक देखिएकाले स्पष्ट रूपमा सीमा तोकिएको राष्ट्र बैंकले जनाएको...

What's Your Reaction?






