लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको गभर्नरमा पाण्डे निर्वाचित

कास्की । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको डिष्ट्रिक्ट गभर्नरमा पार्वती खरेल पाण्डे निर्वाचित भएकी छन् । डिष्ट्रिक्टको शनिबार पोखरामा सम्पन्न तेस्रो राष्ट्रिय महाधिवेशनले पाण्डेलाई डिष्ट्रिक्ट गभर्नरमा निर्वाचित गरेको हो । गभर्नर पाण्डे लायन्स क्लब अफ काठमाडौँ परोपकारका संस्थापक अध्यक्षसमेत हुन् । उनी १३ वर्षदेखि लायन्समा सक्रिय थिइन् । डिष्ट्रिक्टको फष्ट भाइस गभर्नरमा सूर्यकुमार केसी […]

Mar 9, 2025 - 07:44
 0
लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको गभर्नरमा पाण्डे निर्वाचित

कास्की ।

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको डिष्ट्रिक्ट गभर्नरमा पार्वती खरेल पाण्डे निर्वाचित भएकी छन् । डिष्ट्रिक्टको शनिबार पोखरामा सम्पन्न तेस्रो राष्ट्रिय महाधिवेशनले पाण्डेलाई डिष्ट्रिक्ट गभर्नरमा निर्वाचित गरेको हो ।

गभर्नर पाण्डे लायन्स क्लब अफ काठमाडौँ परोपकारका संस्थापक अध्यक्षसमेत हुन् । उनी १३ वर्षदेखि लायन्समा सक्रिय थिइन् ।

डिष्ट्रिक्टको फष्ट भाइस गभर्नरमा सूर्यकुमार केसी र द्वित्तीय भाइस गभर्नरमा शैलेन्द्र मोहन भट्टराई निर्वाचित भए । केसीको होम क्लब काठमाडौँ साकुरा हो भने भट्टराईको लेखनाथ हो ।

सन् २०१३ देखि नै डिष्ट्रिक्टमा सक्रिय केसी २०२४ मा द्वित्तीय भाइस डिष्ट्रिक्ट गभर्नरमा निर्वाचित भएका थिए भने १९९९ देखि लायन्समा लागेका भट्टराई २०२५ मा द्वित्तीय भाईस डिष्ट्रिक्ट गभर्नर बनेका छन् ।

यसैगरी महाधिवेशनबाट क्याविनेट सेक्रेटरीमा रामबहादुर श्रेष्ठ, कोषाध्यक्षमा महेन्द्रकुमार राठी, प्रमुख सल्लाहकारमा बिष्णुप्रसाद भण्डारी, पिआरओ इन चिफमा ऋषि गिरी मनोनित भएका छन् ।

डिष्ट्रिक्टको चिफ अफ काउन्सिलरमा अमृत शोभा खत्री, महेश पाण्डे, चिफ एडमिनिट्रेटरमा जनार्जन फुयाल, हरिराज पन्त र शान्ता थापा भण्डारी मनोनित भएका छन् ।

यसैगरी, एम्बेसडर अफ गभर्नरमा सुवासचन्द्र जोशी, एडमिनिष्ट्रेटरमा सूर्यनारायण बराल, सन्तोष रावल, अमृतप्रसाद तिवारी, पवित्रराज तिवारी, विनय अग्रवाल, राजु चालिसे, विना थापा सुरेन्द्रमान सिं भण्डारी, शिवराम गौतम, विन्दु घिमिरे, टंकराज अधिकारी, युवराज खनाल र सन्दीप क्षेत्री मनोनित भएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register