कामना सेवा विकास बैंकद्वारा २०८२ को वार्षिक क्यालेन्डर सार्वजनिक

काठमाडौँ । कामना सेवा विकास बैंकले डिजिटल क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकले वि.सं. २०८२ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो । नेपाल भित्र रहेका विभिन्न धर्मावलम्वीहरुका धार्मिक स्थल तथा मन्दिरहरुलाई समावेश गर्दै २०८२ को क्यालेन्डर तयार गरिएको हो । नेपाल पंचाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत प्राप्त उक्त क्यालेन्डर डिजिटल माध्यमबाट प्राप्त गर्नको लागि क्युआर […]

Mar 10, 2025 - 06:24
 0
कामना सेवा विकास बैंकद्वारा २०८२ को वार्षिक क्यालेन्डर सार्वजनिक

काठमाडौँ । कामना सेवा विकास बैंकले डिजिटल क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकले वि.सं. २०८२ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो ।

नेपाल भित्र रहेका विभिन्न धर्मावलम्वीहरुका धार्मिक स्थल तथा मन्दिरहरुलाई समावेश गर्दै २०८२ को क्यालेन्डर तयार गरिएको हो ।

नेपाल पंचाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत प्राप्त उक्त क्यालेन्डर डिजिटल माध्यमबाट प्राप्त गर्नको लागि क्युआर कोड समेत सार्वजनिक गरेको छ । उक्त क्युआर कोड बैंकको सामाजिक संजालहरु तथा वेभसाईट मार्फत् सार्वजनिक गरिएको बैंकले जनाएको छ ।

क्यालेन्डरमा नेपाल पंचाङ्ग निर्णायक विकास समितिले निर्णय गरेका विभिन्न तिथीहरु समेत समावेश गरिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register