श्रमिकको पारिश्रमिक समयसापेक्ष बनाऔँ : युवराज खतिवडा

काठमाडौं । प्रधानमन्त्रीका आर्थिक/ विकास सल्लाहकार डा. युवराज खतिवडाले सिपयुक्त जनशक्तिलाई मुलुकमै टिकाउने वातावरण निर्माणका लागि विलम्ब गर्न नहुने बताएका छन् । युवा जनशक्तिलाई नटिकाए मुलुक बुढ्यौली जनसङ्ख्याको देश हुने खतरा रहेको उनको भनाइ छ । सोमबार आयोजित श्रम तथा रोजगार सम्मेलनलाई सम्बोधन गर्दै  उनले भने,’अहिले ८० प्रतिशतभन्दा धेरै विद्यार्थी साधारण शिक्षामा छन्। २० प्रतिशत […]

Mar 10, 2025 - 07:09
 0
श्रमिकको पारिश्रमिक समयसापेक्ष बनाऔँ : युवराज खतिवडा

काठमाडौं । प्रधानमन्त्रीका आर्थिक/ विकास सल्लाहकार डा. युवराज खतिवडाले सिपयुक्त जनशक्तिलाई मुलुकमै टिकाउने वातावरण निर्माणका लागि विलम्ब गर्न नहुने बताएका छन् ।

युवा जनशक्तिलाई नटिकाए मुलुक बुढ्यौली जनसङ्ख्याको देश हुने खतरा रहेको उनको भनाइ छ ।

सोमबार आयोजित श्रम तथा रोजगार सम्मेलनलाई सम्बोधन गर्दै  उनले भने,’अहिले ८० प्रतिशतभन्दा धेरै विद्यार्थी साधारण शिक्षामा छन्। २० प्रतिशत प्राविधिक शिक्षामा छन्। यसले उत्पादकत्व वृद्धिमा ह्रास ल्याउने देखिन्छ,’ उनले भने

वर्तमान अवस्थामा श्रमिकको पारिश्रमिक पनि समयसापेक्ष बनाउनुपर्ने उनको भनाइ छ । ‘अहिलेको अवस्थामा श्रमिकको पारिश्रमिक पनि समयसापेक्ष बनाउन आवश्यक छ,’ उनले भने ।

उनले वैदेशिक रोजगारीबाट फर्केकालाई पनि देशमा बस्ने वातावरण बनाउनुपर्ने उल्लेख गरे । शिक्षालाई जीवन उपयोगी बनाउन नसके रोजगारी समस्या आउने उनको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register