डिजिटल साक्षरताको अभावले समुदायमा भित्रभित्रै जेलिँदै अनलाइन ठगीको जालो
घटना नं १ः बर्दियाको बारबर्दिया नगरपालिकाको वडा ३ को एउटा समुदायमा त्यहाँका केही मानिसहरूलाई ह्वाट्सएपमा मेसेज आउँछ । जसमा लक्की ड्र परेको र ३० लाख जितेको भन्ने सन्देश हुन्छ । सँगै फोन पनि आउँछ र त्यसमा कोही व्यक्तिले मानिसहरूको नाम नै लिएर “लक्की ड्रबाट ३० लाख जितेको र उक्त रकम पठाउन लागिएको हुँदा उक्त पैसा ट्रान्सफर गर्नका लागि कर तिर्नु पर्ने भएर १ लाख रुपैयाँ विजेताले दिनु पर्छ” भनेर भनिएको हुन्छ । यसै सिलसिलामा उक्त समुदाय की एक जना महिला रमिला वैद्यले (नाम परिवर्तन) उक्...

What's Your Reaction?






