मुलुकभित्रै रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको असाधारण महत्व छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्रै रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको असाधारण महत्व रहेको बताएका छन् । राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ को सोमबार उद्घाटन गर्दै उनले उद्यमशीलताको विकास गरी परिस्थितिमा परिवर्तन ल्याउन र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा अघि बढाउन सरकार लागिरहेकाले यसमा निजी क्षेत्रको भूमिका झन् महत्वपूर्ण हुने बताएका […]

Mar 10, 2025 - 07:48
 0
मुलुकभित्रै रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको असाधारण महत्व छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्रै रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको असाधारण महत्व रहेको बताएका छन् ।

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ को सोमबार उद्घाटन गर्दै उनले उद्यमशीलताको विकास गरी परिस्थितिमा परिवर्तन ल्याउन र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा अघि बढाउन सरकार लागिरहेकाले यसमा निजी क्षेत्रको भूमिका झन् महत्वपूर्ण हुने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले ‘विदेशका विभिन्न मुलुकमा गएर नेपालीहरूले श्रम गर्ने तर स्वदेशमा रोजगारीका अवसर सिर्जना नहुने हो भने अर्थतन्त्रको उत्थान नहुने भएकाले विज्ञान प्रविधिको भरपुर उपयोग गरेर उत्पादन र उत्पादकत्व बढाउनुपर्छ’ भने । उनले विश्व बजारमा प्रतिस्पर्धी हुन सक्ने दक्ष जनशक्ति र धेरैभन्दा धेरै रोजगारी स्वदेशभित्रै सिर्जना गर्न लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रिय सीप विकास प्रतिष्ठान र रोजगारदाता कम्पनीबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत एकीकृत श्रम बजार सूचना प्रणाली विस्तारका लागि श्रम तथा रोजगार मन्त्रालय र स्वीस एजेन्सीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register