प्रधानमन्त्री कप : आर्मी र पुलिसको उत्कृष्ट ब्याटिङ, तीन ब्याटरको अर्धशतक

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबले बागमतीलाई २६३ रनको लक्ष्य दिँदा नेपाल पुलिस क्लबले भने लुम्बिनी प्रदेशलाई २५० रनको लक्ष्य दिएको छ । सिद्धार्थ क्रिकेट स्टेडियममा जारी खेलमा आर्मीले पूरै ५० ओभर खेलेर ८ विकेटको क्षतिमा २६२ रन बनाएको हो । आर्मीका लागि सन्तोष कार्कीले अर्धशतकीय पारी खेले । उनले ९८ बलमा १० […]

Mar 10, 2025 - 07:51
 0
प्रधानमन्त्री कप : आर्मी र पुलिसको उत्कृष्ट ब्याटिङ, तीन ब्याटरको अर्धशतक

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबले बागमतीलाई २६३ रनको लक्ष्य दिँदा नेपाल पुलिस क्लबले भने लुम्बिनी प्रदेशलाई २५० रनको लक्ष्य दिएको छ ।

सिद्धार्थ क्रिकेट स्टेडियममा जारी खेलमा आर्मीले पूरै ५० ओभर खेलेर ८ विकेटको क्षतिमा २६२ रन बनाएको हो ।

आर्मीका लागि सन्तोष कार्कीले अर्धशतकीय पारी खेले । उनले ९८ बलमा १० चौका र १ छक्का प्रहार गर्दै ७६ रन जोडे ।

कप्तान विनोद भण्डारी ४७ रनमा अविजित रहे । तृत राज दास ३६ र विवेक यादव ३० रनमा अविजित रहे । कुशल मल्लले भने २६ रन बनाए ।

बागमतीका लागि इशान पाण्डे, रिजन ढकाल, प्रतिश जिसीले २–२ तथा सोनु देवकोटाले १ विकेट लिए ।

यस्तै, भैरहवास्थित एक्स्ट्र टेक ओभलमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको पुलिसले पूरै ५० ओभर खेलेर ६ विकेटको क्षतिमा २४९ रन बनाएको छ ।

पुलिसका लागि कुशल भूर्तेल र आरिफ शेखले अर्धशतकीय पारी खेले।

कुशलले ७५ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ५९ रन बनाए ।  आरिफले ७९ बलमा २ छक्का प्रहार गर्दै ५६ रन बनाए । गुल्शन झा ३६ रनमा अविजित रहँदा दिलिपनाथले भने ३४ रन बनाए ।

लुम्बिनीका लागि कृष्णा कार्की र अजय चौहानले ३–३ विकेट लिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register