बालिका बान्तवाको उपन्यास प्याउली सार्वजनिक

काठमाडौं । कवि तथा आख्यानकार बालिका बान्तावाको उपन्यास ‘प्याउली’ विमोचन भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रमबीच उपन्यास विमोचन भएको हो । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर गरिएको कृति सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार उषा शेरचन र वक्ताहरू साहित्यकार तथा समालोचक डा. बिन्दु शर्मा र कवि/पत्रकार तथा संचारिका समूहकी अध्यक्ष विमला […]

Mar 10, 2025 - 08:57
 0
बालिका बान्तवाको उपन्यास प्याउली सार्वजनिक

काठमाडौं । कवि तथा आख्यानकार बालिका बान्तावाको उपन्यास ‘प्याउली’ विमोचन भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रमबीच उपन्यास विमोचन भएको हो ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर गरिएको कृति सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार उषा शेरचन र वक्ताहरू साहित्यकार तथा समालोचक डा. बिन्दु शर्मा र कवि/पत्रकार तथा संचारिका समूहकी अध्यक्ष विमला तुम्खेवा थिए ।

झापा घर भई हाल हङकङमा बसोवास गर्दै आएकी साहित्यकार बान्तावाको यो पहिलो कृति हो । यस उपन्यासभित्र आफ्नै भोगाइहरू भेटिने बान्तावाको दाबी छ ।

कृतिबारे बोल्दै प्रमुख अतिथि साहित्यकार शेरचनले ‘प्याउली’ले पाठकलाई तान्ने बन्दै यो सफल उपन्यास रहेको बताइन् । शेरचनले सबै कुराको अनुभव गर्नु जरुरी रहेको पनि बताइन् । ‘चाहे प्रेम होस्, चाहे सबै कुरा अनुभव गर्नु पनि जरुरी छ । तर हामीले चाहीँ के गर्छौ ? प्रेम चाहीँ लुकाएर गछौं, घृणा चाहीँ देखाएर गर्छौं’, उनको प्रश्न थियो, ‘प्रेम किन लुकाउने ? कसैलाई कसै मनपर्छ त्यो लुकाउनुपर्ने आवश्यकै छैन । खुलेर गर्नोस् । मन पर्दैन छुटिनोस्, कुनै ठूलो कुरा भएन । फेरि जोडिनोस्, त्यो पनि ठूलो कुरा भएन ।’

‘प्याउली’ उपन्यासबारे बोल्दै तुम्खेवाले यो उपन्यास हृदयले पढ्नुपर्ने टिप्पणी गरिन् । ‘यो किताब पढिरहँदा तपाईको सिद्धान्तलाई एकठाउँमा थन्काएर हृदयबाट पढ्नुपर्छ जस्तो लाग्यो । यो किताब पढिरहँदा मैले धेरै विश्वप्रसिद्ध प्रेमकहानीहरू सम्झिएँ’, उनले भनिन् । यसमा कतिपय ठाउँमा आफैले बाँचेको जिन्दगी सम्झिएको पनि उनले बताइन् ।

यस्तै, समालोचक डा. शर्माले लेखकले आख्यानको माध्यमबाट आफ्नो भोगाइ लेखेको भन्दै यो लेखकको मात्रै भोगाइ नभएर धेरैको भएको बताइन् । उनले भनिन्, ‘यो कथा, यो भोगाई बालिकाजीको मात्रै हैन । हामी धेरैको भोगाइ हो । भलै हामी कोही बिछोडिएर जोडिएका होला, कोही सम्झौता गरेर बसेका हौंला तर भोगाइहरू एकै हुन् ।

सर्जक बान्तावाले आफू कम बोल्ने स्वभाव भएको र कम बोल्ने स्वभावले नै लेखक बनाएको बताइन् । ‘मभित्र धेरै उकुसमुकुसहरू थिए । भन्नुपर्ने केही कुराहरू थिए, जसलाई नभन्दासम्म मैले आफूलाई सन्चो भएको महसुस गर्न सकिनँ । मैले ती उकुसमुकुसलाई कतै न कतैबाट पोख्नु थियो । त्यही उकुसमुकुसलाई पोख्ने माध्यम खोज्दा यो पुस्तकको जन्म भयो’, उनले प्रष्ट्याइन्, ‘म यस पुस्तकको प्रमुख पात्र भएर आएकी छु ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register