राजतन्त्र फर्किँदैन, दलभित्रको राजतन्त्र अन्त्य गरौँ : जनार्दन शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले राजतन्त्र नफर्किने भन्दै दलभित्रको राजतन्त्र भने  अन्त्य गर्नुपर्ने बताएका छन् । संसदमा विशेष समयमा बोल्दै उनले दलहरूभित्र झाँगिदै गएको राजतन्त्र अन्त्य हुनुपर्ने माग गरेका हुन् । ‘मलाई राजतन्त्र फर्किन्छ भन्ने डर छैन  तर हामीभित्रको कमजोरी सच्चाएर अघि बढ्न सक्छौँ वा सक्दैनौँ भन्ने डर छ,’ उनले भने । […]

Mar 19, 2025 - 06:59
 0
राजतन्त्र फर्किँदैन, दलभित्रको राजतन्त्र अन्त्य गरौँ : जनार्दन शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले राजतन्त्र नफर्किने भन्दै दलभित्रको राजतन्त्र भने  अन्त्य गर्नुपर्ने बताएका छन् । संसदमा विशेष समयमा बोल्दै उनले दलहरूभित्र झाँगिदै गएको राजतन्त्र अन्त्य हुनुपर्ने माग गरेका हुन् ।

‘मलाई राजतन्त्र फर्किन्छ भन्ने डर छैन  तर हामीभित्रको कमजोरी सच्चाएर अघि बढ्न सक्छौँ वा सक्दैनौँ भन्ने डर छ,’ उनले भने ।

लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भएको बताउँदै उनले दलहरूले कमीकजोरी सच्याउन केन्द्रित हुनुपर्ने बताए । ‘नयाँ पुस्ताको सोच र हाम्रो आश्यका अनुसार अघि बढ्न नसक्दा निरासा छाएको छ । यी निरासाहरूलाई चिर्नैपर्छ,’ उनले भने ।

दलहरूकै कारण जनतामा निरासा उत्पन्न भएकाले अब सच्चिन ढिला गर्न नहुने उनले बताए । ‘ संविधान निर्माणपछि त्यसको कार्यान्वयनतिर आर्थिक विकासतिर दत्तचित्त भएर लाग्नुपर्थ्यो । यसप्रति भन्दा पनि पार्टीका नेताहरू सत्ताको खिचातानी एकअर्काप्रति गालीगलौज लाञ्छना लगाउने र अवसर आउँदा अप्राकृतिक गठबन्धनमा सामेल हुने प्रवृतिका कारण लोकतान्त्रिक अभ्यास र संस्कारमा समस्या आएको हो,’ उनले भने ।

गणतन्त्रपछि मुलुकमा पूर्वाधार निर्माण र मानव सुचाङ्कका हिसाबले धेरै प्रगति भएपनि ती कुरा जनतामा स्थापित गर्न नसकिकएको उनले बताए । प्रदेशलाई प्रभावकारी र स्थानीय तहलाई बलियो बनाउने भन्दा पनि केन्द्रीकृत चिन्त सहित ती संरचनालाई कमजोर बनाउँदा नागरिकामा निरासा थपिउको उनको भनाइ छ । ‘प्रशासनिक संरचना नागरिकलाई सेवा प्रवाह गर्ने भन्दा पनि जनतालाई सताउने  खालका छन् । शिक्षा, रोजगारी सिर्जना तथा सुशासनमा धेरै काम गर्न बाँकी छ,’ उनले भने ।

दलहरूले आफुलाई सच्याउँदै व्यवस्थालाई सुदृढ बनाउन केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।

अधिकारको प्रयोग गर्ने कानुन बनाउन नसक्नु हाम्रो दोष हो । प्रदेशलाई बलियो नबनाउने स्थानीय तहलाई बलियो बनानउ केन्द्रीकृत मानसिकताको गल्ती छ । सेवा प्रवाह भन्दा भपनि जनतालई सताउने खालका छन् । जनजीविका स्वास्थ्य सेवा गुणस्तसीय शिक्षा रोजगारीको सिर्जना गर्न नसक्नु । जिम्मा लैनपर्छ । पारदर्शी र सुशासनमा दुर्गती भएको छ । यी कमजोरीलाई स्वीकार गर्नैपर्छ । आफैँतिर फर्केर समीक्षा गर्नुपर्छ । सरकारले जनतामा निराशा नजरअन्दाज गर्नुहुँदैन ।

 

 

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register