कोशीलाई पुलिसको विशाल लक्ष्य, कुशल र दिलिपको अर्धशतक

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई २८९ रनको विशाल लक्ष्य दिएको छ । भैरहवास्थित एक्स्ट्रटेक ओभलमा जारी खेलमा पुलिसले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा २८८ रन बनाएको हो । टस जितेर ब्याटिङ रोजेको पुलिसका लागि कुशल भूर्तेल र दिलिप नाथले अर्धशतकीय पारी खेले । कुशलले ७८ बलमा २ चौका र […]

Mar 12, 2025 - 06:57
 0
कोशीलाई पुलिसको विशाल लक्ष्य, कुशल र दिलिपको अर्धशतक

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई २८९ रनको विशाल लक्ष्य दिएको छ ।

भैरहवास्थित एक्स्ट्रटेक ओभलमा जारी खेलमा पुलिसले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा २८८ रन बनाएको हो ।

टस जितेर ब्याटिङ रोजेको पुलिसका लागि कुशल भूर्तेल र दिलिप नाथले अर्धशतकीय पारी खेले ।

कुशलले ७८ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ६५ रनको योगदान गरे । दिलिप नाथले ६४ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ६१ रन बनाए ।

कोशीका लागि भुपाल लुइँटेलले ३ विकेट लिए । प्रकाश कार्कीले २ तथा फिर्दोश अन्सारी, सर्वन किस्कु र दीपेश कँडेलले १/१ विकेट लिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register