सहरी प्रतिद्वन्द्वी एट्लेटिकोलाई पेनाल्टीमा स्तब्ध बनाउँदै साविक विजेता रियल क्वार्टरफाइनलमा

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड पेनाल्टी सुटआउटमा सहरी प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडलाई स्तब्ध बनाउँदै युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वार्टरफाइनमा प्रवेश गरेको छ । मेट्रोपोलिटानोमा बिहीबार बिहान सकिएको खेलको पेनाल्टी सुटआउटमा साविक विजेता रियलले एट्लेटिकोलाई ४–२ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा एट्लेटिकोका कोनर गालाघरले दोस्रो लेग सुरु भएको मात्र २७ सेकेन्डमै गोल […]

Mar 13, 2025 - 01:07
 0
सहरी प्रतिद्वन्द्वी एट्लेटिकोलाई पेनाल्टीमा स्तब्ध बनाउँदै साविक विजेता रियल क्वार्टरफाइनलमा

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड पेनाल्टी सुटआउटमा सहरी प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडलाई स्तब्ध बनाउँदै युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वार्टरफाइनमा प्रवेश गरेको छ ।

मेट्रोपोलिटानोमा बिहीबार बिहान सकिएको खेलको पेनाल्टी सुटआउटमा साविक विजेता रियलले एट्लेटिकोलाई ४–२ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा एट्लेटिकोका कोनर गालाघरले दोस्रो लेग सुरु भएको मात्र २७ सेकेन्डमै गोल गर्दै समग्र स्कोर २–२ को बराबरी गरे । पहिलो लेगमा रियल २–१ ले विजयी भएको थियो ।

अतिरिक्त ३० मिनेटमा कुनै टोलीले विजयी गोल गर्न नसके निर्णयका लागि खेल पेनाल्टी सुटआउट गएको थियो ।

सुरवाती तीन पेनाल्टीमा दुवै टोली सफल भए । त्यसपछि जुलियन अल्भारेज एट्लेटिकोको दोस्रो पेनाल्टी लिन गए । तर, उनी बल प्रहार गर्दा चिप्लिए । जसले गर्दा बल गोल भयो । तर उनले दुई पटक बल छोएको हुनाले भीएआर रिभ्यू पछि उनको गोल रद्द गरियो।

फेडेरिको भाल्भर्डेले पेनाल्टी गोल गर्दै रियललाई ३–१ को अग्रता दिलाए । त्यसपछि एट्लेटिकोका गोलकिपर यान ओब्लाकले लुकास भास्क्वेजको पेनाल्टी बचाउँदै टोलीलाई आशा दिलाए । तर, मार्कोस ल्लोरेन्टेले पेनाल्टी बारमा ठोक्किएपछि रियल जितनजिक पुग्यो ।

अन्त्यमा एन्टोनियो रुडिगरले निर्णायक पेनाल्टी स्कोर गर्दै सर्वाधिक १५ पटकको विजेता रियललाई अन्तिम आठमा पुर्याए ।

2204779852

यस्तै दुई इङ्ग्लिस टोली आर्सनल र एस्टन भिल्ला फराकिलो जितका साथ च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेका छन् ।

आर्सनलले घरेलु मैदानमा डच टोली पीएसभी आइन्डहोभेनसँग २–२ को बराबरी खेलेका थिए । पहिलो लेगको ७–१ को जितले समग्रमा ९–३ को अग्रतासहित आर्सनलको अन्तिम आठमा पुग्यो ।

अर्को खेलमा भिल्लाले बेल्जियन टोली क्लब ब्रुगलाई ३–० ले सहजै पराजित गर्यो । पहिलो लेगमा ३–१ जित निकालेको भिल्लाले समग्रमा ६–१ को अग्रतासहित अघि बढ्यो ।

त्यस्तै लिलविरुद्ध २–१ को पुनरागमन जित निकाल्दै बोरुसिया डर्टमन्डपनि े क्वार्टरफाइनलमा प्रवेश गरेको । पहिलो लेग १–१ बराबरीमा सकिएको थियो । समग्रमा डर्टमन्ड ३–२ ले अघि रहेको हो ।

सम्बन्धित समाचार :

लिभरपुलविरुद्ध पहिलो लेगको नतिजा उल्टाउँदै पीएसजी क्वार्टरफाइनलमा

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register