अधिकांश वाणिज्य बैङ्कको ब्याजदर यथावत्, कुनको कति ?
काठमाडौं । चैत महिनाका लागि अधिकांश वाणिज्य बैङ्कहरूले ब्याजदर यथावत् राखेका छन् । आगामी महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गर्दै हाल सञ्चालनमा रहेकामध्ये १७ वाणिज्य बैङ्कले ब्याजदर यथावत् राखेका हुन् । तीन बैङ्कले भने आफ्नो ब्याजदर घटाएका छन् । ब्याजदर घटाउने बैङ्कहरूमा हिमालयन, लक्ष्मी सनराइज र नेपाल बैङ्क रहेका छन् । चैतमा वाणिज्य बैङ्कहरूको ब्याजदर […]

काठमाडौं । चैत महिनाका लागि अधिकांश वाणिज्य बैङ्कहरूले ब्याजदर यथावत् राखेका छन् । आगामी महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गर्दै हाल सञ्चालनमा रहेकामध्ये १७ वाणिज्य बैङ्कले ब्याजदर यथावत् राखेका हुन् ।
तीन बैङ्कले भने आफ्नो ब्याजदर घटाएका छन् । ब्याजदर घटाउने बैङ्कहरूमा हिमालयन, लक्ष्मी सनराइज र नेपाल बैङ्क रहेका छन् ।
चैतमा वाणिज्य बैङ्कहरूको ब्याजदर औसतमा ५ दशमलव ९३ प्रतिशत कायम भएको छ । फागुनमा यो प्रतिशत औसतमा ६ दशमलव ०१ थियो ।
चैतमा एनआइसी एशिया बैङ्कमा पैसा राख्दा सबैभन्दा बढी ब्याज पाइने भएको छ । यस बैङ्कको ब्याजदर चैत्रका लागि ६ दशमलव ६ प्रतिशत कायम गरिएको छ । अन्य करिब एक दर्जन बैङ्कमा ६ प्रतिशत माथि ब्याज पाइने भएको छ ।
What's Your Reaction?






