मिथिला परिक्रमा सम्पन्न, जनकपुरधाममा शनिबार मात्रै होली मनाइने

जनकपुरधाम । जनकपुरधामको अन्तगृह परिक्रमासँगै १५ दिवसीय मिथिला मध्यमा परिक्रमा सम्पन्न भएको छ । लाखौंको सहभागितामा मिथिलाको धार्मिक यात्रा शुक्रबार बिहान सम्पन्न भएको हो । मिथिला मध्यमा परिक्रमामा सहभागी हुन नसकेका श्रद्धालुहरू जनकपुरधामको पवित्र भूमिलाई परिक्रमा गर्दै अन्तगृह परिक्रमामा सहभागी भएका हुन् । धनुषाको ठेरा कचुरीबाट मिथिला बिहारीको डोलासँगै सुरु भएको मिथिला मध्यमा परिक्रमा बिहीबार […]

Mar 14, 2025 - 02:56
 0
मिथिला परिक्रमा सम्पन्न, जनकपुरधाममा शनिबार मात्रै होली मनाइने

जनकपुरधाम । जनकपुरधामको अन्तगृह परिक्रमासँगै १५ दिवसीय मिथिला मध्यमा परिक्रमा सम्पन्न भएको छ । लाखौंको सहभागितामा मिथिलाको धार्मिक यात्रा शुक्रबार बिहान सम्पन्न भएको हो ।

मिथिला मध्यमा परिक्रमामा सहभागी हुन नसकेका श्रद्धालुहरू जनकपुरधामको पवित्र भूमिलाई परिक्रमा गर्दै अन्तगृह परिक्रमामा सहभागी भएका हुन् ।

धनुषाको ठेरा कचुरीबाट मिथिला बिहारीको डोलासँगै सुरु भएको मिथिला मध्यमा परिक्रमा बिहीबार साँझ जनकपुरधाम फर्किएको थियो । फागु पूर्णिमाको अवसरमा प्रत्येक वर्ष लाखौंको सङ्ख्यामा सर्वसाधारणले जनकपुरधामको १५ किलोमिटर वरिपरिको परिक्रमा घुमेर अन्तरगृह परिक्रमा गर्ने गर्दछन् ।

अन्तरगृह परिक्रमा गरेमा १५ दिवसीय परिक्रमाकै फल प्राप्त हुने विश्वास गरिन्छ । यो यात्रा सकेर जानकी मन्दिर र राम मन्दिरमा दर्शन गरेपछि मिथिलाञ्चलमा होली पर्वको विधिवत आरम्भ भएको मानिन्छ ।

अन्तगृह परिक्रमामा साधु सन्तहरूसमेत सहभागी हुने भएकोले जनकपुरधाम नगर क्षेत्रमा माछा–मासु बिक्रीमा प्रशासनले दुई दिनसम्म रोक लगाउने गर्छ । सोही कारण जनकपुरधाममा अन्तरगृह परिक्रमा भएको भोलिपल्ट मात्रै होली पर्व मनाउने परम्परा रहेको छ ।

यसर्थ मधेस प्रदेशका अधिकाङ्श जिल्लाहरूमा आज (शुक्रबार) नै होली मनाइए पनि जनकपुरधाम र यस वरिपरिको क्षेत्रमा शनिबार मात्रै यो पर्व मनाइने छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register