घाइते भएपछि ब्राजिलको टिमबाट हटाइए नेइमार

काठमाडौँ । ब्राजिलका सुपरस्टार फुटबलर नेइमार फेरी घाइते भएका छन् । शुक्रबार तिघ्राको चोटका कारण नेइमार आगामी विश्वकप छनोटको लागि ब्राजिलको टिमबाट बाहिरिएका छन् । अक्टोबर २०२३ देखि ब्राजिलको टिम बाहिर रहेका नेइमारलाई ब्राजिलको विश्वकप छनौटका आगामी खेलका लागि राष्ट्रिय टिममा समावेश गरिएको थियो ।  मार्च २ मा ब्रागान्टिनोविरुद्ध सान्तोसको २-० को जितमा नेइमारको मांसपेशीमा […]

Mar 15, 2025 - 07:07
 0
घाइते भएपछि ब्राजिलको टिमबाट हटाइए नेइमार

काठमाडौँ ।

ब्राजिलका सुपरस्टार फुटबलर नेइमार फेरी घाइते भएका छन् । शुक्रबार तिघ्राको चोटका कारण नेइमार आगामी विश्वकप छनोटको लागि ब्राजिलको टिमबाट बाहिरिएका छन् ।

अक्टोबर २०२३ देखि ब्राजिलको टिम बाहिर रहेका नेइमारलाई ब्राजिलको विश्वकप छनौटका आगामी खेलका लागि राष्ट्रिय टिममा समावेश गरिएको थियो । 

मार्च २ मा ब्रागान्टिनोविरुद्ध सान्तोसको २-० को जितमा नेइमारको मांसपेशीमा समस्या आएको बताइएको छ । नेइमार कहिलेसम्म ठिक हुन्छन् भन्ने स्पष्ट भएको छैन ।  

नेइमारले ब्राजिलका लागि अहिलेसम्म १२८ खेल खेल्दै ७९ गोल गरेका छन् । उनी ब्राजिलका लागि सर्बाधिक गोल गर्ने खेलाडी हुन् ।  

नेइमारको चोटपछि ब्राजिलियन फुटबल कन्फेडेरेसनले उनको ठाउमा रियल म्याड्रिडबाट खेलिरहेका युवा खेलाडी एन्ड्रीकलाई टिममा बोलाएको छ । त्यस्तै बोर्डले म्यानचेस्टर सिटीका गोलकिपर एडर्सन र फ्लेमेन्गोका डानिलोलाई पनि टिमबाट बाहिर राखेको छ । उनीहरूको ठाउँमा, लियोनका गोलकिपर लुकास पेरी र फ्लेमेन्गोका डिफेन्डर एलेक्स सान्ड्रोलाई टिममा समावेश गरेको छ ।

जनवरी ट्रान्सफर विन्डोमा आफ्नो पुरानो क्लब सान्तोसमा फर्किएका नेइमार करिब १८ महिनापछि राष्ट्रिय टिममा फर्किएका थिए । 

दक्षिण अमेरिकी विश्वकप छनोट तालिकामा पाँचौं स्थानमा रहेको ब्राजिलले मार्च २१ मा घरेल मैदानमा कोलम्बियासँग र मार्च २५ मा प्रतिद्वन्द्वी अर्जेन्टिनासँग उसको घरेलु मैदानमा खेल्ने तालिका रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register