प्रधानमन्त्री कप : पुलिसले मधेसलाई १९३ रनले हरायो

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्लबले मधेस प्रदेशलाई १९३ रनले पराजित गरेको छ । लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा शनिबार भएको खेलमा २८९ रनको लक्ष्य पछ्याएको मधेस २६.१ ओभरमा ९५ रन बनाएर अलआउट भएको हो । यो पुलिसको लगातार चौथो जित हो । मधेसका लागि दिपेश दासले ३१ रन बनाए । रुपेश सिंहले […]

Mar 15, 2025 - 10:02
 0
प्रधानमन्त्री कप : पुलिसले मधेसलाई १९३ रनले हरायो

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्लबले मधेस प्रदेशलाई १९३ रनले पराजित गरेको छ ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा शनिबार भएको खेलमा २८९ रनको लक्ष्य पछ्याएको मधेस २६.१ ओभरमा ९५ रन बनाएर अलआउट भएको हो । यो पुलिसको लगातार चौथो जित हो ।

मधेसका लागि दिपेश दासले ३१ रन बनाए । रुपेश सिंहले १६ र बिश पटेलले १३ रन बनाए ।

पुलिसका लागि ललित राजवंशीले ५ विकेट लिए । उनले ९.१ ओभरमा २८ रन खर्चे । सो क्रममा उनले २ मेडन ओभर पनि फाले ।

साथै, कुशल भूर्तेलले २ तथा करण केसी, सागर ढकाल र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए ।

पहिले ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २८८ रनमा अलआउट भएको थियो । पुलिसका लागि दीपेन्द्र र आरिफ शेखले अर्धशतकीय पारी खेले ।

दीपेन्द्रले ३६ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ६३ रन बनाए । आरिफले भने ५४ ओभरमा ४ चौका र १ छक्का प्रहार गर्दै ५५ रन बनाए ।

अर्जुन साउदले ४७ र दिलिप नाथले ४५ रन बनाए ।

मधेसका लागि रुपेश सिंहले ४ विकेट लिए । विशाल पटेलले ३ तथा हरिशंकर साहले २ तथा रञ्जित कुमारले १ विकेट लिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register