‘कर्मा’को टिजरमा विपिनको एक्सन अवतार

विपिन कार्की अभिनित एक्सन ड्रामा फिल्म ‘कर्मा’को मर्मस्पर्शी टिजर सार्वजनिक भएको छ । २ मिनेटको टिजरले कथावस्तु, परिवेश र चरित्र चित्रणबारे संक्षिप्त झलक दर्शाउँछ । अभिनेता कार्की एक्सन अवतारमा प्रस्तुत छन् । कुनै गाउँमा सेट गरिएको कथामा विपिनलाई कुनै घटनाले बदला लिन प्रेरित गर्छ । त्यसपछि उनको ‘एंग्री योङ म्यान’ स्वरुप प्रकट हुन्छ । टिजरमा [...] The post ‘कर्मा’को टिजरमा विपिनको एक्सन अवतार appeared first on Jhapa Online.

Mar 15, 2025 - 10:12
 0
‘कर्मा’को टिजरमा विपिनको एक्सन अवतार


विपिन कार्की अभिनित एक्सन ड्रामा फिल्म ‘कर्मा’को मर्मस्पर्शी टिजर सार्वजनिक भएको छ । २ मिनेटको टिजरले कथावस्तु, परिवेश र चरित्र चित्रणबारे संक्षिप्त झलक दर्शाउँछ ।

अभिनेता कार्की एक्सन अवतारमा प्रस्तुत छन् । कुनै गाउँमा सेट गरिएको कथामा विपिनलाई कुनै घटनाले बदला लिन प्रेरित गर्छ । त्यसपछि उनको ‘एंग्री योङ म्यान’ स्वरुप प्रकट हुन्छ ।

टिजरमा विपिनलाई चरित्रका आयाममा पेश गरिएको छ । आमालाई माया गर्ने एक प्रिय छोरा जो परिवारको सुखलाई आफ्नो प्राथमिकता राख्छ । दोस्रो लेयरमा ऊ उत्तिकै विद्रोही र बदलाप्रेरित पनि छ ।

‘नाका’पछि विपिन दोस्रोपटक एक्सन रोलमा देखिएका हुन् । ‘नाका’मा उनी ग्याङस्टर चरित्रमा थिए ।

‘कर्मा’को टिजरमा विपिनसहित मुकुन भुसाल, उपासनासिंह ठकुरी, सरिता गिरी, दिब्यदेव पन्त लगायतलाई फिचर्ड गरिएको छ । एक्सन र ड्रामाको मिश्रणले टिजर रोचक बनेको छ ।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा वसन्त लम्सालले फिल्ममा लगानी गरेका हुन् । पटकथा लेखक र निर्देशकको रुपमा सौरभ चौधरी छन् । चौधरीले पछिल्लोपटक पुलिस थ्रीलर ‘अगस्त्य’ निर्देशन गरेका थिए ।

नयाँ वर्ष २०८२ को छेको पारेर ‘कर्मा’ आगामी चैत २९ गते रिलिज हुँदैछ ।

The post ‘कर्मा’को टिजरमा विपिनको एक्सन अवतार appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register