सामुदायिक बनमा लागेको डढेलो नियन्त्रणमा आएन

रामेछाप । रामेछापको दोरम्वा शैलुङ् गाउँपालिका ३ मा लागेको डढेलो नियन्त्रणमा आएको छैन । शुत्रबार करिब १२ बजे देखि दोरम्वा शैलुङ् गाउँपालिका–३ को लालीगुराँसेमा फैलिएको डढेलो नियन्त्रणमा नआएको रामेछापका प्रहरी प्रमुख डिएसपी प्रदीप कुमार सिंहले बताए । डढेलो नियन्त्रणका लागि, नेपाली सेना, नेपाल प्रहरी र स्थानीय परिचालित भए पनि लालिगुरास, छहारेछाप पाखा, बुढा पानी सामुदायिक […]

Mar 15, 2025 - 13:13
 0
सामुदायिक बनमा लागेको डढेलो नियन्त्रणमा आएन

रामेछाप ।

रामेछापको दोरम्वा शैलुङ् गाउँपालिका ३ मा लागेको डढेलो नियन्त्रणमा आएको छैन । शुत्रबार करिब १२ बजे देखि दोरम्वा शैलुङ् गाउँपालिका–३ को लालीगुराँसेमा फैलिएको डढेलो नियन्त्रणमा नआएको रामेछापका प्रहरी प्रमुख डिएसपी प्रदीप कुमार सिंहले बताए ।

डढेलो नियन्त्रणका लागि, नेपाली सेना, नेपाल प्रहरी र स्थानीय परिचालित भए पनि लालिगुरास, छहारेछाप पाखा, बुढा पानी सामुदायिक बन गरी ८० हेक्टर बन डढेलोले क्षति गरी सकेको छ ।

त्यस्तै शनिवार जिल्लाको गोकुलगंगा गाउँपालिका–४ बेतालीको लिसेखानिको जङ्गलमा लागेको डढेलो पनि नियन्त्रण बाहिर रहेको डिएसपी सिंहले बताए । उनका अनुसार मानवीय जोखिम छैन । आगो नियन्त्रणको प्रयास भई रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register