पूर्व विशिष्टलाई सुविधा दिने होइन गरिबी निवारण कानुन बनाऔँ : जनार्दन शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले पूर्व विशिष्टलाई सुविधा दिनेभन्दा गरिबी निवारणबारे कानुन बनाउन सरकारसँग माग गरेका छन् । संसद्को शून्य समयमा बोल्दै शर्माले गरिबी निवारणका लागि तत्काल कानुन निर्माण बनाउन माग गरेका हुन् । ‘अहिले पूर्व विशिष्टलाई सुविधा दिने नभएर गरिबी निवारणको कानुन बनाऔँ,’ शर्माले भने । उनले हुलाकी राजमार्ग तथा पुष्पलाल […]

Mar 16, 2025 - 06:29
 0
पूर्व विशिष्टलाई सुविधा दिने होइन गरिबी निवारण कानुन बनाऔँ : जनार्दन शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले पूर्व विशिष्टलाई सुविधा दिनेभन्दा गरिबी निवारणबारे कानुन बनाउन सरकारसँग माग गरेका छन् ।

संसद्को शून्य समयमा बोल्दै शर्माले गरिबी निवारणका लागि तत्काल कानुन निर्माण बनाउन माग गरेका हुन् ।

‘अहिले पूर्व विशिष्टलाई सुविधा दिने नभएर गरिबी निवारणको कानुन बनाऔँ,’ शर्माले भने ।

उनले हुलाकी राजमार्ग तथा पुष्पलाल राजमार्गमा क्षति पुगेका पुल तत्काल निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । यस्तै, ग्वार्को फ्लाइओभर भत्काइएको विषयमा तत्काल छानबिन गर्न उनले माग गरेका छन् ।’ग्वार्कोमा फ्लाइओभर भत्काउने आवश्यकता किन पर्‍यो । निर्माण भइरहेको फ्लाइओभर भत्काउन को दोषी हो यसको छानबिन होस्,’ उनले भने ।

शर्माले शिक्षकहरूसँग भएको सम्झौता तत्काल लागू गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register