धराज समाज यूकेमा नयां नेतृत्व, निकेशले लिए अध्यक्षको जिम्मेवारी

लन्डन । धराज समाज यूकेमा नयां नेतृत्व चयन भएको छ । १५ मार्च शनिबार अल्डरसटमा सम्पन्न अधिवेशनले निकेश लिम्बुको अध्यक्षतामा ८ औं कार्यसमिति निर्वाचित गरेको हो । नवनिर्वाचित अध्यक्ष लिम्बु रोयल एयर फोर्स र डिफेन्स एकेडेमी यूकेको मिडिया टिममा सदस्य छन् । उनी अन्तर्राष्ट्रिय पुरस्कार विजेता चलचित्र निर्देशक एवं निर्माता पनि हुन् । ‘म मेरो […]

Mar 16, 2025 - 13:13
 0
धराज समाज यूकेमा नयां नेतृत्व, निकेशले लिए अध्यक्षको जिम्मेवारी


लन्डन । धराज समाज यूकेमा नयां नेतृत्व चयन भएको छ । १५ मार्च शनिबार अल्डरसटमा सम्पन्न अधिवेशनले निकेश लिम्बुको अध्यक्षतामा ८ औं कार्यसमिति निर्वाचित गरेको हो ।

नवनिर्वाचित अध्यक्ष लिम्बु रोयल एयर फोर्स र डिफेन्स एकेडेमी यूकेको मिडिया टिममा सदस्य छन् । उनी अन्तर्राष्ट्रिय पुरस्कार विजेता चलचित्र निर्देशक एवं निर्माता पनि हुन् ।

‘म मेरो सीप र विशेषज्ञता प्रयोग गरेर धरान समाजलाई नेतृत्व दिन उत्साहित छु’- लिम्बुले नेपालीलिंकसँग भने, ‘हामी जातीय संस्था होइन, राजनीति र पूर्वाग्रहबाट टाढा रहेर नेपाली समुदाय अनि जन्मथलो धरानको विकास लागि केही गर्ने अठोट छ ।’

लिम्बु धरान रंगशालाको पर्खाल निर्माण प्रोजेक्टका बेला सन् २००७ देखि नै समाजमा आवद्ध थिए । लिम्बुले आफूलाई विश्वास गरेर अध्यक्षको जिम्मेवारी सुम्पिएकामा सबै अग्रज एवं निवर्तमान कार्यसमितिप्रति आभार व्यक्त गरेका छन् ।


कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा चन्द्रकला लिम्बु, उपाध्यक्षमा महा राई र प्रवीन राई, महासचिवमा बल्लभ गुरुङ एवं कोषाध्यक्षमा किशोर राई निर्वाचित भएका छन् ।

अधिवेशनले कार्यसमितिको १५ सदस्य समेत निर्वाचित गरेको छ ।

निर्वाचन समिति संयोजकमा पदम राई बीइएम र सचिव एवं सदस्यमा क्रमशः खडाहाङ लिम्बु र नेपालधन राई थिए ।

अध्यक्ष निकेश लिम्बु

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register