युद्धविराम सुरु भएयता गाजामा इजरायलको सबैभन्दा ठूलो आक्रमण, ३४ जना मारिए

काठमाडौं । इजरायली सेनाले गाजा पट्टीमा ठूलो आक्रमण गरेको छ । हमासका लडाकु लुक्ने ठाउँहरूलाई लक्षित गर्दै आक्रमण गरिएको इजरायली सेनाले जनाएको छ । गाजाको नागरिक रक्षा एजेन्सीले आक्रमणमा ३४ प्यालेस्टिनीको मृत्यु भएको र ७० जना घाइते भएको बताएको छ । रोयटर्सले चिकित्सक र प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै मध्य गाजाको देइर अल–बलाहमा तीन घरहरूलाई निशाना बनाइएको […]

Mar 18, 2025 - 04:29
 0
युद्धविराम सुरु भएयता गाजामा इजरायलको सबैभन्दा ठूलो आक्रमण, ३४ जना मारिए

काठमाडौं । इजरायली सेनाले गाजा पट्टीमा ठूलो आक्रमण गरेको छ । हमासका लडाकु लुक्ने ठाउँहरूलाई लक्षित गर्दै आक्रमण गरिएको इजरायली सेनाले जनाएको छ ।

गाजाको नागरिक रक्षा एजेन्सीले आक्रमणमा ३४ प्यालेस्टिनीको मृत्यु भएको र ७० जना घाइते भएको बताएको छ ।

रोयटर्सले चिकित्सक र प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै मध्य गाजाको देइर अल–बलाहमा तीन घरहरूलाई निशाना बनाइएको बताएको छ । यसबाहेक खान युनिस र रफाहमा पनि भवनहरूलाई लक्षित गरिएको थियो ।

जनवरी १९ मा गाजामा युद्धविराम सुरु भएयता यो अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण भएकाे बीबीसीकाे समाचारमा उल्लेख छ ।

इजरायली प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षामन्त्री इजरायल काट्जले मङ्गलबार बिहान गाजा पट्टीमा आक्रमणको आदेश दिएका थिए ।

‘हाम्रा बन्धकहरूलाई रिहा गर्न हमासले निरन्तर अस्वीकार गरेको र अमेरिकी राष्ट्रपतिका विशेष प्रतिनिधि विट कोच र अन्य मध्यस्थकर्ताहरूले गरेका प्रस्तावहरूलाई अस्वीकार गरेपछि यो आक्रमण भएको हो,’ विज्ञप्तिमा भनिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register