महानगरविरुद्ध कवाड व्यवसायी आन्दोलनमा, हटाउन खोजेको भन्दै कार्यालय घेराउ गर्दै
काठमाडौं । कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं महानगरपालिका घेराउ गर्ने भएको छ । समितिले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगरले व्यवसायबाट विस्थापित गराउन अनावश्यक दुःख दिएको भन्दै आगामी पुस १४ गते महानगरको कार्यालय घेर्ने जनाएको हो । पत्रकार सम्मेलनमा कवाड व्यवसायी संघर्ष समितिका संयोजक राम केवल गुप्ताले अब आफूहरू काठमाडौं महानगरविरुद्ध आन्दोलनमा जान लागेको जानकारी […]

काठमाडौं । कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं महानगरपालिका घेराउ गर्ने भएको छ ।
समितिले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगरले व्यवसायबाट विस्थापित गराउन अनावश्यक दुःख दिएको भन्दै आगामी पुस १४ गते महानगरको कार्यालय घेर्ने जनाएको हो ।
पत्रकार सम्मेलनमा कवाड व्यवसायी संघर्ष समितिका संयोजक राम केवल गुप्ताले अब आफूहरू काठमाडौं महानगरविरुद्ध आन्दोलनमा जान लागेको जानकारी दिए ।
साथै, काठमाडौं महानगर प्रहरीहरूले कवाड व्यवसायीलाई दुःख दिएको, हातपात गरेको, कुटपिट गरेको र गाली बेइजती गरेको उनले बताए ।
उनले अदालतले कवाड नहटाउन आदेश दिए पनि महानगरले त्यसको विपरीत काम गरिरहेको उल्लेख गरे ।
What's Your Reaction?






