महिला लघुवित्तले सम्पन्न गर्यो कालिका माविमा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ । महिला लघुवित्त वित्तीय संस्थाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। लघुवित्तले आँपुभन्ज्याङस्थित कालिका माविमा सोमबार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । महिला लघुवित्त वित्तीय संस्था केन्द्रीय कार्यालय, साँगाको आयोजनामा भएको कार्यक्रममा गण्डकी प्रदेश कार्यालय प्रमुख रमेशचन्द्र पौडेलले सहजीकरण गरेका हुन् । कार्यक्रममा कक्षा ६ देखि ९ सम्मका विद्यार्थी र शिक्षकहरूको सहभागिता थियो […]

Mar 18, 2025 - 07:44
 0
महिला लघुवित्तले सम्पन्न गर्यो कालिका माविमा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ । महिला लघुवित्त वित्तीय संस्थाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। लघुवित्तले आँपुभन्ज्याङस्थित कालिका माविमा सोमबार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

महिला लघुवित्त वित्तीय संस्था केन्द्रीय कार्यालय, साँगाको आयोजनामा भएको कार्यक्रममा गण्डकी प्रदेश कार्यालय प्रमुख रमेशचन्द्र पौडेलले सहजीकरण गरेका हुन् । कार्यक्रममा कक्षा ६ देखि ९ सम्मका विद्यार्थी र शिक्षकहरूको सहभागिता थियो । पौडेलले विद्यार्थीकालदेखि नै बचत गर्ने बानी बसाल्नुपर्ने बताए । उनले बालबालिकामार्फत अभिभावकलाई समेत बचत गरी आर्थिक व्यवस्थापन गर्ने बानी बसाल्न सकिने भन्दै आम्दानी गर्नुभन्दा बचत गर्नु ठुलो कुरा भएको जानकारी दिए ।

आधिकारिक र विश्वसनीय निकायमा रकम बचत गर्नेतर्फ पौडेलले ध्यानाकर्षण गराए । विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीले आर्थिक मन्दीले समग्र अर्थतन्त्र नै धराशायी भएको परिस्थितिमा विद्यार्थी र शिक्षकलाई वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण गर्नु आवश्यक भएको औँल्याए । विद्यालयले समय सन्दर्भअनुसार शिक्षक तथा विद्यार्थीका लागि तालिम, अभिमुखीकरणलगायतका कार्यक्रम गर्दै आएको उनले बताए ।

नेपाल राष्ट्र बैंकले घोषणा गरेको ग्लोबल मनी विक २०२५ अन्तर्गत पहिलो दिनको कार्यक्रममा कालिकामा गरिएको महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, पोखरा शाखाका प्रमुख करणकुमार सिङ्तानले जानकारी दिए । राष्ट्र बैंकले मार्च १७ देखि २३ तारिखसम्म ग्लोबल मनी विक मनाउने घोषणा गरेको छ ।

कार्यक्रममा पोखरा शाखाका मोहनराज विष्ट, निराजन बडु, पिप्ले शाखा प्रमुख सन्दिप शर्मालगायतले वित्तीय साक्षरताको महत्त्वबारे प्रकाश पारेका थिए । महिला लघुवित्त वित्तीय संस्थाका नेपालका ३८ जिल्लामा ७७ शाखा सञ्चालनमा रहेको केन्द्रीय कार्यालयकी सामान्य सेवा विभागकी प्रमुख ममिला पौडेलले जानकारी दिइन् । संस्थाका कार्यकारी प्रमुख कृष्णप्रसाद न्यौपानेले देशका सबै प्रदेशका विद्यार्थीहरूका लागि यस्ता गतिविधिहरू निरन्तर सञ्चालन गरिने जानकारी दिए ।

सोही अवसरमा संस्थाका तर्फबाट गण्डकी प्रदेश प्रमुख रमेशचन्द्र पौडेलले विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीलाई खेलकुद तथा स्टेसनरी सामग्री हस्तान्तरण गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register