जनचेतना बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका बोहोरा विजयी

काठमाडौं । कालीकोटको सान्नीत्रिवेणीस्थित जनचेतना बहुमुखी क्याम्पस मेहलमुडीमा अखिल क्रान्तिकारी विजयी भएको छ । अखिल क्रान्तिकारीका बसराज बोहोरा १०६ मतसहित विजयी भएका हुन् । मङ्गलबार भएको निर्वाचनमा अनेरास्ववियुका अमराज बरालले ८५ मत मात्र पाए । त्यस्तै सचिवमा क्रान्तिकारीका ध्रुवराज सन्ज्यालले ११९ मत पाउँदा नेविसंघका रमेश बुढाले ६५ मत पाए । त्यस्तै, कोषाध्यक्षमा अखिल क्रान्तिकारीकी अग्निजा […]

Mar 18, 2025 - 16:17
 0
जनचेतना बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका बोहोरा विजयी

काठमाडौं । कालीकोटको सान्नीत्रिवेणीस्थित जनचेतना बहुमुखी क्याम्पस मेहलमुडीमा अखिल क्रान्तिकारी विजयी भएको छ ।

अखिल क्रान्तिकारीका बसराज बोहोरा १०६ मतसहित विजयी भएका हुन् । मङ्गलबार भएको निर्वाचनमा अनेरास्ववियुका अमराज बरालले ८५ मत मात्र पाए । त्यस्तै सचिवमा क्रान्तिकारीका ध्रुवराज सन्ज्यालले ११९ मत पाउँदा नेविसंघका रमेश बुढाले ६५ मत पाए ।

त्यस्तै, कोषाध्यक्षमा अखिल क्रान्तिकारीकी अग्निजा आचार्यले ११६ मत पाउँदा अनेरास्ववियुकी विन्दा शाहीले ७० मत पाईन् ।

सदस्यमा अखिल क्रान्तिकारीका सुमितराज कार्कीले  १०६ र अनेरास्ववियुका राधिका फर्साल  १०१ मतसहित विजयी भए ।

चुनावी प्रतिस्पर्धामा  अनेरास्ववियु र नेविसङ्घको  संयुक्त प्यानल थियो भने अखिल क्रान्तिकारी, समाजवादी अखिल सहितले अर्को गठबन्धन गरेका  थिए ।

निर्वाचनमा जम्मा १९२ मत खसेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register