आर्मीले जित्यो राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको उपाधि

कास्की । गण्डकी प्रदेशको राजधानी पोखरामा सञ्चालन भएको ‘पोखरा कप’ राष्ट्रिय पुरुष ह्यान्डबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीले चुमेको छ । ‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद’ भन्ने नारासहित गण्डकी प्रदेश ह्याण्डबल सङ्घको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत मङ्गलबार सम्पन्न फाइनलमा घरेलु टोली गण्डकीलाई ३७–३२ ले हराउँदै आर्मीले उपाधि चुमेको हो । सुरुमा २७–२५ को अग्रतामा रहेको […]

Mar 19, 2025 - 00:14
 0
आर्मीले जित्यो राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको उपाधि

कास्की । गण्डकी प्रदेशको राजधानी पोखरामा सञ्चालन भएको ‘पोखरा कप’ राष्ट्रिय पुरुष ह्यान्डबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीले चुमेको छ ।

‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद’ भन्ने नारासहित गण्डकी प्रदेश ह्याण्डबल सङ्घको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत मङ्गलबार सम्पन्न फाइनलमा घरेलु टोली गण्डकीलाई ३७–३२ ले हराउँदै आर्मीले उपाधि चुमेको हो । सुरुमा २७–२५ को अग्रतामा रहेको गण्डकीले पछि लय गुमाउँदा आर्मी डिफेन्स लाइनलाई बलियो बनाउँदै विजेता बन्न सफल भयो ।

आर्मीका लागि निर्मलबाबु श्रेष्ठले सर्वाधिक १६ गोलको योगदान दिए । उपाधिसँगै आर्मीले नगद एक लाख रुपैयाँ हात पारेको छ । उपविजेता गण्डकीले ५० हजार रुपैयाँ प्राप्त गर्यो । यस्तै एपिएफ क्लबले तृतीय हुँदै रु ३० हजार प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आर्मीका निर्मलबाबु श्रेष्ठ घोषित भए । यस्तै, उत्कृष्ट गोलरक्षक गण्डकीका विशाल नेपाली र एपीएफका दीपेन्द्र बुढाथोकी उच्च गोलकर्ता घोषित भए । विधागत उत्कृष्ट खेलाडीले जनही पाँच हजार रुपैयाँ र ट्रफी पाएका छन् ।

च्याम्पियन टोली तथा खेलाडीलाई गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीलगायतले पुरस्कार वितरण गरेका थिए । यही चैत ३ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा आयोजक गण्डकीसहित कोशी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश, दुई विभागीय टोलीे त्रिभुवन आर्मी क्लब र एपिएफ क्लब गरी सात टोलीको सहभागिता रहेको थियो । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register