बालकोटमा आगोलागी, १० लाखको क्षति
काठमाडौं । सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित रेडक्रस चोकमा मोहम्मद आसिमले सञ्चालन गरेको मोटरसाइकल वर्कसपमा आगलागी हुँदा १० लाख रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । विद्युत् सर्ट भई मङ्गलबार राति आगलागी हुँदा वर्कसपमा रहेको दुई मोटरसाइकल, एउटा स्कुटर, कम्प्रेसर मेसिन एक थान, पानी तान्ने मेसिन–तीन थान, विभिन्न ब्राण्डका मोबिल आठ थान, केही कार्टुन र बाइकको […]

काठमाडौं । सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित रेडक्रस चोकमा मोहम्मद आसिमले सञ्चालन गरेको मोटरसाइकल वर्कसपमा आगलागी हुँदा १० लाख रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।
विद्युत् सर्ट भई मङ्गलबार राति आगलागी हुँदा वर्कसपमा रहेको दुई मोटरसाइकल, एउटा स्कुटर, कम्प्रेसर मेसिन एक थान, पानी तान्ने मेसिन–तीन थान, विभिन्न ब्राण्डका मोबिल आठ थान, केही कार्टुन र बाइकको पाट्र्सहरु जलेर नष्ट भएको प्रहरी वृत्त थिमिले जानकारी दिएको छ ।
वर्कसपमा भएको आगलागीका कारणसँगैको रगु श्रेष्ठको घरमा क्षति पुगेको जुद्ध वारुण यन्त्र कार्यालय, भक्तपुरका प्रमुख विजयप्रसाद धौभडेलले जानकारी दिए । उनले भक्तपुरको दमकलले आगो नियन्त्रणमा लिएको बताए ।
What's Your Reaction?






