सुनको मूल्य निरन्तर उकालोतिर, तोलामा ८०० ले वृद्धि
झापा, ६ चैत । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मङ्गलबार प्रतितोला रु एक लाख ७५ हजार २००मा कारोबार भएको सुन आज तोलामा रु ८००ले बढेर रु एक लाख ७६ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, चाँदीको मोल प्रतितोला रु दुई हजार ४५ निर्धारण भएको छ । सोही परिमाणको [...] The post सुनको मूल्य निरन्तर उकालोतिर, तोलामा ८०० ले वृद्धि appeared first on Jhapa Online.

झापा, ६ चैत । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मङ्गलबार प्रतितोला रु एक लाख ७५ हजार २००मा कारोबार भएको सुन आज तोलामा रु ८००ले बढेर रु एक लाख ७६ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसैगरी, चाँदीको मोल प्रतितोला रु दुई हजार ४५ निर्धारण भएको छ । सोही परिमाणको चाँदी मङ्गलबार प्रतितोला रु दुई हजार ५०मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस तीन हजार ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
The post सुनको मूल्य निरन्तर उकालोतिर, तोलामा ८०० ले वृद्धि appeared first on Jhapa Online.
What's Your Reaction?






