नेपाली महिला उद्यमीहरुद्वारा थाई चेम्बरका प्रतिनिधिसँग भेटवार्ता

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको महिला उद्यमी विकास समितिको प्रतिनिधि मण्डलले थाइल्याण्ड स्थित थाई चेम्बर अफ कमर्शका प्रतिनिधहरूसँग बैंककमा व्यवसायिक भेटवार्ता गरेको छ । प्रतिनिधि मण्डलले थाई चेम्बर अफ कमर्सका उच्च पदाधिकारी तथा त्यहाँका उद्योगी व्यवसायीहरुसँग द्विपक्षीय लगानी अभिवृद्धिका बारेमा छलफल गरेका थिए । सो टोलीमा महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, केन्द्रीय सदस्य नरेश […]

Jan 21, 2025 - 07:00
 0
नेपाली महिला उद्यमीहरुद्वारा थाई चेम्बरका प्रतिनिधिसँग भेटवार्ता

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको महिला उद्यमी विकास समितिको प्रतिनिधि मण्डलले थाइल्याण्ड स्थित थाई चेम्बर अफ कमर्शका प्रतिनिधहरूसँग बैंककमा व्यवसायिक भेटवार्ता गरेको छ ।

प्रतिनिधि मण्डलले थाई चेम्बर अफ कमर्सका उच्च पदाधिकारी तथा त्यहाँका उद्योगी व्यवसायीहरुसँग द्विपक्षीय लगानी अभिवृद्धिका बारेमा छलफल गरेका थिए ।

सो टोलीमा महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, केन्द्रीय सदस्य नरेश लाल श्रेष्ठ, किशोर आचार्य, केन्द्रीय सदस्य तथा महिला उद्यमी विकास समितिका सभापति कमला श्रेष्ठ र व्यापार तथा निकासि प्रबर्द्धन विकास समितिका सदस्य निराजन चलाउने लगायत सहभागी थिए ।

थाई चेम्बर अफ कमर्सको निमन्त्रणामा बैंकक पुगेको प्रतिनिधमण्डलले द्विपक्षीय भेटका अवसरमा नेपालमा लगानीको पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै थाई उद्योगी व्यवसायीहरूलाई नेपालमा लगानीका लागि आग्रह गरेका थिए  ।

यस्तै नेपाली प्रतिनिधिमण्डलले नेपालमा आयोजना हुने अन्तरराष्ट्रिय मेला महोत्सवमा भाग लिन तथा अन्य सहकार्यका क्षेत्रहरू पहिचान गरि नेपालमा लगानी गर्न पनि थाई व्यवसायीहरूलाई आग्रह गरेका थिए ।

नेपाली व्यवसायीहरुलाई स्वागत गर्दै थाई चेम्बरका बोर्ड अफ ट्रेड बन्जरड चोल्भीजानले नेपाली महिला उद्यमीहरूको क्षमता अभिवृद्धि तथा अन्य सहकार्यका लागि थाई चेम्बर सकारात्मक रहेको बताए ।

सो अवसरमा थाइल्याण्ड स्थित नेपाली दुतावासका डेपुटी चिफ अफ मिशन प्रकाश भण्डारीको पनि सहभागिता रहेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register