आर्मीको अपराजित यात्रामा ब्रेक

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबको अपराजित यात्रामा ब्रेक लागेको छ । लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बुधबार भएको खेलमा आर्मी मधेस प्रदेशसँग तीन विकेटले पराजित भएको हो । लगातार ५ खेलमा जित हासिल गरेको आर्मी छैँटौं खेलमा भने पराजित हुन पुग्यो । आर्मीले २१८ रनको लक्ष्य मधेसले ४८ ओभरमा ७ विकेटको क्षतिमा […]

Mar 19, 2025 - 10:44
 0
आर्मीको अपराजित यात्रामा ब्रेक

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबको अपराजित यात्रामा ब्रेक लागेको छ ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बुधबार भएको खेलमा आर्मी मधेस प्रदेशसँग तीन विकेटले पराजित भएको हो । लगातार ५ खेलमा जित हासिल गरेको आर्मी छैँटौं खेलमा भने पराजित हुन पुग्यो ।

आर्मीले २१८ रनको लक्ष्य मधेसले ४८ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्‍यो ।

मधेसको जितमा कप्तान अनिल साहले ४५ रन बनाए । हरिशङ्कर शाह र पवन सराफले ३७–३७ रनको योगदान गरे । रुपेश सिंह ३८ र निखिल सिंह १४ रनमा अविजित रहे ।

आर्मीका लागि नरेन साउदले ३ विकेट लिए । सोमपाल कामी र बसिर अहमदले भने २–२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको आर्मीले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा २१७ रन बनाएको थियो ।

आर्मीका लागि भीम सार्कीले अर्धशतकीय पारी खेले । उनले १२६ बलमा ४ चौका प्रहार गर्दै ८९ रन जोडे । सन्तोष कार्कीले ३३ रन बनाए । कुशल मल्ल भने २४ रनमा अविजित रहे ।

मधेसका लागि रुपेश सिंह, कमल गुप्ता, पवन सराफले २–२ तथा रञ्जितकुमारले १ विकेट लिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register