सिङ्गापुरमाथि नेपालको ऐतिहासिक जित, म्याट रसको विजयी सुरुवात
काठमाडौं । सिङ्गापुर विरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले १-० को जित हात पारेको छ। सिंगापुरको घरेलु मैदानमा शुक्रबार भएको खेलमा नेपालले सुरुवाती अग्रता कायम राख्दै जित हात पारेको हो। नेपालको जितमा जिलेस्पी जंग कार्कीले खेलको १२ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। यस जितसँगै म्याट रसले नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षकको रुपमा विजयी सुरुवात गरेका […]

काठमाडौं । सिङ्गापुर विरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले १-० को जित हात पारेको छ। सिंगापुरको घरेलु मैदानमा शुक्रबार भएको खेलमा नेपालले सुरुवाती अग्रता कायम राख्दै जित हात पारेको हो।
नेपालको जितमा जिलेस्पी जंग कार्कीले खेलको १२ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।
यस जितसँगै म्याट रसले नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षकको रुपमा विजयी सुरुवात गरेका छन्। म्याट रसको प्रशिक्षणमा नेपालले पहिलो खेलमै जित हात पारेको हो। यस जितले नेपाली टिमको मनोबल बढाएको छ।
कार्कीले यसअघि अफगानिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा पनि गोल गरेका थिए।
What's Your Reaction?






