प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभिन्न व्यक्तित्व पुरस्कृत

काठमाडौँ, चैत ८ गते । प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट आज विभिन्न क्षेत्रका व्यक्तित्वहरु पुरस्कृत भएका छन् । नेपाल सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुरयाउने प्रतिभाशाली व्यक्तिलाई पुरस्कार दिने घोषणा गरेको थियो । प्रधानमन्त्री ओलीसँगै प्रथम महिला राधिका शाक्य तथा उपप्रधानमन्त्री एवम् सहरी […]

Mar 21, 2025 - 23:45
 0
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभिन्न व्यक्तित्व पुरस्कृत

काठमाडौँ, चैत ८ गते । प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट आज विभिन्न क्षेत्रका व्यक्तित्वहरु पुरस्कृत भएका छन् ।

नेपाल सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुरयाउने प्रतिभाशाली व्यक्तिलाई पुरस्कार दिने घोषणा गरेको थियो ।

प्रधानमन्त्री ओलीसँगै प्रथम महिला राधिका शाक्य तथा उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले उक्त सम्मान प्रदान गरेका हुन् । पुरस्कृत हुनेहरुमा टेलिमेडिसिनतर्फ डा छिरिङ लामा (सिन्धुपाल्चोक), विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डा विराजसिंह थापा (मोरङ), कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठ (गोरखा), विज्ञान प्रविधितर्फ डा आभास मास्के (काठमाडौँ) र हरिराम श्रेष्ठ (गोरखा) छन् ।

यस्तै चिकित्सा क्षेत्रतर्फ डा ओममूर्ति अनिल (महोत्तरी), खेलकुदतर्फ सावित्रा भण्डारी ‘साम्बा’ (लमजुङ), सम्पदा संरक्षणतर्फ रवीन्द्र पुरी (भक्तपुर), समाजसेवातर्फ दिलशोभा श्रेष्ठ (काठमाडौँ) र रामजी अधिकारी (गोरखा) पुरस्कृत भएका छन् । नवप्रवर्तन क्षेत्रका प्रतिभावान नागरिकलाई प्रोत्साहन गर्न २०७५ मङ्सिर १७ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त पुरस्कार स्थापना गर्ने निर्णय गरेको थियो ।

त्यसबेला प्रधानमन्त्री ओलीलाई कोरिया सरकारबाट प्राप्त एक लाख अमेरिकी डलरमा नेपाल सरकारबाट सोही बराबरको रकम थप गरी पुरस्कार कोष स्थापना गरिएको हो । उक्त कोषबाट प्रत्येक वर्ष दुई प्रतिभालाई जनही पाँच लाख राशिको पुरस्कार प्रदान गर्ने निर्णय भएको थियो ।

वि.सं.२०७६ मा पहिलो पटक दुई विधाका तीन प्रतिभालाई पुरस्कार प्रदान गरिएकामा त्यसपश्चात् कोरोना महामारीका कारण पुरस्कार वितरण हुन सकेको थिएन । अहिले पाँच वर्षको पुरस्कार एकैपटक प्रदान गरिएको हो । प्रधानमन्त्री ओलीले समाजमा सकारात्मक काम गर्नेलाई राज्य र समाजले सम्मान गर्नुपर्नेमा जोड दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register