नागढुङ्गामा हाइस दुर्घटना : एकको मृत्यु, नौ जना घाइते

काठमाडौँ। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागाढुङ्गामा आज साँझ हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा नौ जना घाइते भएका छन् । चितवनबाट काठमाडौँ आउँदै गरेको ग १ ख ५५४६ नं को हाइस रोकेको अवस्थामा आफैँ गुड्न गई सडक छेउको पेटीमा ठोकिँदा अन्दाजी २५-२६ वर्षीया सविना गुरूङको मृत्यु भएको प्रहरीले जनाएको छ। हाइस चालकलाई नियन्त्रणमा […]

Mar 23, 2025 - 16:03
 0
नागढुङ्गामा हाइस दुर्घटना : एकको मृत्यु, नौ जना घाइते

काठमाडौँ।

काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागाढुङ्गामा आज साँझ हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा नौ जना घाइते भएका छन् ।

चितवनबाट काठमाडौँ आउँदै गरेको ग १ ख ५५४६ नं को हाइस रोकेको अवस्थामा आफैँ गुड्न गई सडक छेउको पेटीमा ठोकिँदा अन्दाजी २५-२६ वर्षीया सविना गुरूङको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो।   दुर्घटनाका नौं  घाइतेमध्ये केहीको ट्रमा सेन्टर र केहीको अन्नपूर्ण न्यूरोमा उपचार भइरहेको छ ।

हाइस चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register