हुन्डाईको क्रेटा ईभी र ‘मेड इन नेपाल’ क्रेटा सार्वजनिक

काठमाडौं । लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी मोटर्स कर्पोरेसनले हुन्डाई कम्पनीको क्रेटा गाडीको विद्युतीय (ईभी) र ‘मेड इन नेपाल’ पेट्रोल भेरियन्ट नेपाली बजारमा सार्वजनिक गरेको छ। दक्षिण कोरियाली कम्पनी हुन्डाईले सन् २०१५ मा सार्वजनिक गरेको क्रेटा गाडी पहिलो पटक विद्युतीय संस्करणमा सार्वजनिक गरिएको हो। लक्ष्मी ग्रुपका अनुसार सन् २०१५ मा सार्वजनिक भएको क्रेटा पेट्रोल नेपालमा सर्वाधिक […]

Mar 24, 2025 - 14:23
 0
हुन्डाईको क्रेटा ईभी र ‘मेड इन नेपाल’ क्रेटा सार्वजनिक

काठमाडौं । लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी मोटर्स कर्पोरेसनले हुन्डाई कम्पनीको क्रेटा गाडीको विद्युतीय (ईभी) र ‘मेड इन नेपाल’ पेट्रोल भेरियन्ट नेपाली बजारमा सार्वजनिक गरेको छ।

दक्षिण कोरियाली कम्पनी हुन्डाईले सन् २०१५ मा सार्वजनिक गरेको क्रेटा गाडी पहिलो पटक विद्युतीय संस्करणमा सार्वजनिक गरिएको हो।

लक्ष्मी ग्रुपका अनुसार सन् २०१५ मा सार्वजनिक भएको क्रेटा पेट्रोल नेपालमा सर्वाधिक बिक्री हुने गाडीको सूचीमा रहेको छ। नेपालमा यसको १० हजारभन्दा बढी गाडी बिक्री भएको छ।

लक्ष्मी ग्रुपले नवलपरासीमा रहेको लक्ष्मी मोटर्स कर्पोरेसन प्लान्टबाट क्रेटा गाडीको निर्माण सुरु गरेको छ। कम्पनीले निकट भविष्यमा ईभी गाडीमा प्रयोग हुने लिथियम आयोन ब्याट्रीको रिसाइकल प्लान्ट खोल्ने तयारी गरेको छ।

आज सार्वजनिक गरिएको क्रेटा ईभीमा ३६ वटा विशेषता रहेको कम्पनीको दाबी छ। जसमा ६ वटा स्वचालित एयरब्याग, चारै चक्कामा डिस्क ब्रेक, २०० मिमी ग्राउन्ड क्लियरेन्स, ६ वटा डल्बी डिजिटल स्पिकर, एबीएस प्रणाली आदि रहेका छन्।

क्रेटा ईभीलाई १०० किलोवाटको डीसी चार्जरबाट चार्ज गर्दा ३९ मिनेटमा र ५० किलोवाटबाट चार्ज गर्दा ५८ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज हुने कम्पनीको दाबी छ।

हाल नेपाली बजारमा क्रेटा ईभीको मूल्य ५१ लाख ९६ हजारदेखि ५९ लाख ९६ हजारसम्म रहेको छ। यसैगरी, ‘मेड इन नेपाल’ क्रेटा पेट्रोलको सुरुवाती मूल्य ५३ लाख ९६ हजार रुपैयाँ रहेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register