सरकारको निर्णयविरुद्ध अदालत जाँदै कुलमान, अब के हुन्छ ?

काठमाडौँ । विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङ अदालत जाने भएका छन् । आफूमाथि सरकारले अन्याय गरेको भन्दै उनी न्याय खोज्न अदालत जाने भएका हुन् । काम गर्दागर्दै पनि मन्त्रीलाई नटेरेको र भनेअनुसार काम नगरेको भन्दै प्रतिशोध साँधेर पदबाट हटाएको भन्दै घिसिङ सरकारको उक्त नियुक्तिविरुद्ध अदालत जाने तयारीमा छन् । आफूलाई प्राधिकरणको […]

Mar 25, 2025 - 02:41
 0
सरकारको निर्णयविरुद्ध अदालत जाँदै कुलमान, अब के हुन्छ ?

काठमाडौँ । विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङ अदालत जाने भएका छन् । आफूमाथि सरकारले अन्याय गरेको भन्दै उनी न्याय खोज्न अदालत जाने भएका हुन् ।

काम गर्दागर्दै पनि मन्त्रीलाई नटेरेको र भनेअनुसार काम नगरेको भन्दै प्रतिशोध साँधेर पदबाट हटाएको भन्दै घिसिङ सरकारको उक्त नियुक्तिविरुद्ध अदालत जाने तयारीमा छन् ।

आफूलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइएको विषय समाचार आएपछि मात्रै थाहा पाएका कुलमानले सरकारले आफूमाथि अन्याय गरेको आरोप लगाएका छन् । आफूलाई प्राधिकरणबाट हटाइएको मन्त्रिपरिषद्को पत्र पाएलगत्तै अदालत जाने कुलमानले बताएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कुलमानलाई हटाएर विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register