झापामा ठूलो परिमाणमा खैरो हेराइनसहित दुई भारतीय पक्राउ
झापा, १२ चैत । झापाको मेचीनगर नगरपालिकाबाट ठूलो परिमाणमा ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । शुक्रबार राति ९ः३० बजे मेचीनगर–६ मेचीडाँडाबाट लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको प्रहरी टोलीले भारत वेस्ट बंगाल दिनाजपुरका ३२ वर्षीय साम्सद खान र २७ वर्षीय साहेब अलीलाई खैरो हेरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक मेहेंगी [...] The post झापामा ठूलो परिमाणमा खैरो हेराइनसहित दुई भारतीय पक्राउ appeared first on Jhapa Online.

झापा, १२ चैत । झापाको मेचीनगर नगरपालिकाबाट ठूलो परिमाणमा ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
शुक्रबार राति ९ः३० बजे मेचीनगर–६ मेचीडाँडाबाट लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको प्रहरी टोलीले भारत वेस्ट बंगाल दिनाजपुरका ३२ वर्षीय साम्सद खान र २७ वर्षीय साहेब अलीलाई खैरो हेरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक मेहेंगी तामाङले जानकारी दिनुभयो ।
भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको उनीहरुलाई शंका लागी चेकजाँच गर्ने क्रममा लुकाई छिपाई ल्याउँदै गरेको प्रतिबन्धित लागुऔषध खैरो हेरोइन (प्लाष्टिक सहित ९३ ग्राम ६४० मिलिग्राम) प्लाष्टिक बाहेक ८७ ग्राम ३४० मिलिग्राम फेला परेकाले थियो । उनीहरुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट थप अनुसन्धान कार्य जारी रहेको जनाइएको छ ।
The post झापामा ठूलो परिमाणमा खैरो हेराइनसहित दुई भारतीय पक्राउ appeared first on Jhapa Online.
What's Your Reaction?






