देशी-विदेशी तत्व सरकारलाई बदनाम गर्न लागे : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैधानिक प्रतिपक्षीको भूमिका रचनात्मक नभएको बताएका छन् । ललितपुरमा प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपालको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उनले वैधानिक प्रतिपक्षीको भूमिका यथार्थपरक र रचनात्मक हुनुपर्ने भएपनि त्यसो हुन नसकेको बताएका हुन् । प्रतिपक्षीको भूमिका सरकारलाई बदनाम गर्ने र झुटलाई फैलाउनमा केन्द्रित र सक्रिय रहेको ओलीको आरोप छ । देशी–विदेशी […]

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैधानिक प्रतिपक्षीको भूमिका रचनात्मक नभएको बताएका छन् ।
ललितपुरमा प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपालको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उनले वैधानिक प्रतिपक्षीको भूमिका यथार्थपरक र रचनात्मक हुनुपर्ने भएपनि त्यसो हुन नसकेको बताएका हुन् ।
प्रतिपक्षीको भूमिका सरकारलाई बदनाम गर्ने र झुटलाई फैलाउनमा केन्द्रित र सक्रिय रहेको ओलीको आरोप छ ।
देशी–विदेशी तत्व सरकारलाई बदनाम गर्न र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई सफल पार्न नदिनका लागि लागेको उनले बताए । उनले देशको विकासका लागि लिएका नीतिलाई प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यान केन्द्रित भएको उल्लेख गरे ।
०४६ सालको परिवर्तन पछि तीव्र विकासको बाटोमा अघि बढ्को भन्दै प्रधानमन्त्री ओलीले आफू सरकारमा रहँदा उल्लेखनिय रुपमा विकासका काम भएको दाबी गरे ।
What's Your Reaction?






