जनता सडकमा आए एकैदिनमा गणतन्त्र समाप्त हुन्छ – लिङ्देन

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले लाखौं जनता सडकमा आए एकैदिनमा गणतन्त्र समाप्त हुने बताएका छन् । काठमाडौंमा आयोजित ‘युवासँग राप्रपा’ कार्यक्रममा लिङ्देनले भारतमा १९० वर्ष पुरानो ब्रिटिश शासन भद्र अवज्ञाको बाटोबाटै अन्त्य भएको उदाहरण दिँदै दुई दशक नपुगेको गणतन्त्र लाखौं जनता सडकमा आए एकै दिनमा समाप्त हुने बताएका हुन् । भद्र अवज्ञा, सत्याग्रह र […]

May 26, 2025 - 13:07
 0
जनता सडकमा आए एकैदिनमा गणतन्त्र समाप्त हुन्छ – लिङ्देन

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले लाखौं जनता सडकमा आए एकैदिनमा गणतन्त्र समाप्त हुने बताएका छन् ।

काठमाडौंमा आयोजित ‘युवासँग राप्रपा’ कार्यक्रममा लिङ्देनले भारतमा १९० वर्ष पुरानो ब्रिटिश शासन भद्र अवज्ञाको बाटोबाटै अन्त्य भएको उदाहरण दिँदै दुई दशक नपुगेको गणतन्त्र लाखौं जनता सडकमा आए एकै दिनमा समाप्त हुने बताएका हुन् ।

भद्र अवज्ञा, सत्याग्रह र शान्तिपूर्ण आन्दोलनबाट अहिलेको व्यवस्थालाई हटाएर छाड्ने उनले बताए ।

अध्यक्ष लिङ्देनले अहिलेको व्यवस्थाप्रति जनतामा चरम असन्तुष्टि रहेको भन्दै यहि अवस्था रहे वर्षौसम्म पनि अनुभूति हुने गरिको परिवर्तन महसुस गर्न नपाउने धारणा राखे । उनले देश बिग्रिए केपी ओली, शेरबहादुर देउवा वा प्रचण्डको केही नबिग्रने तर युवाहरु भविष्य भने बिग्रने भएकाले युवाहरु नै सचेत भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

अध्यक्ष लिङ्दनेले अहिलेका दलबाट देश थप जटिल अवस्थामा पुग्ने भएकाले समयमा नै व्यवस्था परिवर्तन गर्नुपर्ने बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register