एजेण्डामा प्रवेश नै गरेन सत्तापक्षको बैठक, बुधबार फेरि बस्ने

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तापक्षको बैठक एजेण्डामा प्रवेश नै नगरी सकिएको छ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव अनुपस्थित हुँदा बैठक एजेण्डामा प्रवेश नगरेको नागरिक उन्मुक्ति पार्टीकी उपाध्यक्ष रन्जिता श्रेष्ठले बताइन् । ‘जसपा नेपालका अध्यक्ष नआएपछि कुनै पनि एजेण्डामा छलफल भएन भोली फेरि बैठक तय गरिएको छ,’ उनले भनिन् । बैठक […]

Mar 25, 2025 - 12:50
 0
एजेण्डामा प्रवेश नै गरेन सत्तापक्षको बैठक, बुधबार फेरि बस्ने

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तापक्षको बैठक एजेण्डामा प्रवेश नै नगरी सकिएको छ ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव अनुपस्थित हुँदा बैठक एजेण्डामा प्रवेश नगरेको नागरिक उन्मुक्ति पार्टीकी उपाध्यक्ष रन्जिता श्रेष्ठले बताइन् ।

‘जसपा नेपालका अध्यक्ष नआएपछि कुनै पनि एजेण्डामा छलफल भएन भोली फेरि बैठक तय गरिएको छ,’ उनले भनिन् ।

बैठक भोली बिहान ११ बजे बोलाइएको छ । मङ्गलवारको बैठकमा  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहितका नेता उपस्थित थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register