कुलमानले भने- ‘यस्तो बर्खास्तीका लागि सरकारलाई धन्यवाद’

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई गरिएको बर्खास्तीका लागि सरकारलाई व्यंगात्मक रुपमा धन्यवाद दिएका छन् । विद्युत प्राधिकरणमा रहुन्जेल देश र जनताका लागि जे गरियो त्यसका लागि सरकारले बर्खास्ती उपहार दिएको भन्दै घिसिङ व्यंग्यात्मक शैलीमा सरकारलाई धन्यवाद दिएका हुन् । ‘मैले देशको लागि, जनताको लागि विगत लामो समयदेखि जुन काम […]

Mar 26, 2025 - 04:44
 0
कुलमानले भने- ‘यस्तो बर्खास्तीका लागि सरकारलाई धन्यवाद’

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई गरिएको बर्खास्तीका लागि सरकारलाई व्यंगात्मक रुपमा धन्यवाद दिएका छन् ।

विद्युत प्राधिकरणमा रहुन्जेल देश र जनताका लागि जे गरियो त्यसका लागि सरकारले बर्खास्ती उपहार दिएको भन्दै घिसिङ व्यंग्यात्मक शैलीमा सरकारलाई धन्यवाद दिएका हुन् ।

‘मैले देशको लागि, जनताको लागि विगत लामो समयदेखि जुन काम गरेँ त्यसका लागि ग्रेसफूल एक्जिट अथवा पुरस्कृत हुनुपर्नेमा जुन किसिमले सरकारले बर्खास्त गरेको छ, त्यसका लागि उहाँहरुलाई धन्यवाद छ ।’, कुलमानले भनेका छन् ।

त्यस्तै, कुलमानले सरकारले गरेको निर्णयप्रति अदालत जाने विषयमा छलफल भइरहेको र बर्खास्तीको पत्र पाएपछि सोही अनुसार कानूनी न्यायका लागि पहल गर्ने बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register