शकिबको अर्धशतकमा एपीएफलाई कोशीको प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा कोशी प्रदेशले एपीएफ क्लबलाई २५५ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । सिद्धार्थनगर क्रिकेट स्टेडियममा जारी खेलमा कोशी पूरै ५० ओभरमा २५४ रन बनाएर अलआउट भएको हो । कोशीका लागि शकिब हकले अर्धशतकीय पारी खेले । उनले ६३ बलमा ११ चौका प्रहार गर्दै ६८ रनको योगदान गरे । कप्तान अङ्कित सुवेदीले […]

Mar 26, 2025 - 06:38
 0
शकिबको अर्धशतकमा एपीएफलाई कोशीको प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा कोशी प्रदेशले एपीएफ क्लबलाई २५५ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

सिद्धार्थनगर क्रिकेट स्टेडियममा जारी खेलमा कोशी पूरै ५० ओभरमा २५४ रन बनाएर अलआउट भएको हो ।

कोशीका लागि शकिब हकले अर्धशतकीय पारी खेले । उनले ६३ बलमा ११ चौका प्रहार गर्दै ६८ रनको योगदान गरे ।

कप्तान अङ्कित सुवेदीले ३५, आइश भट्टराईले ३४ र सुजन थपलियाले ३३ रन बनाए ।

एपीएफका लागि अभिषेक गौतम र मौसम ढकालले ३–३ विकेट लिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register