३० दिनभित्र सामाजिक सञ्जाल दर्ता गर्न सरकारको निर्देशन, दर्ता नभए बन्द गरिने !  

काठमाडौँ । सरकारले सामाजिक सञ्जाल दर्ता गर्न ३० दिनको समय दिएको छ । एक सूचना जारी गर्दै सरकारले नेपालमा सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थालाई ३० दिनभित्र दर्ता हुन निर्देशन दिएको हो ।  सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को व्यवस्थाअनुसार सामाजिक सञ्जाललाई दर्ता हुन निर्देशन दिइएको  सञ्चार तथा सूचना प्रविधि […]

Mar 26, 2025 - 08:03
 0
३० दिनभित्र सामाजिक सञ्जाल दर्ता गर्न सरकारको निर्देशन, दर्ता नभए बन्द गरिने !  

काठमाडौँ । सरकारले सामाजिक सञ्जाल दर्ता गर्न ३० दिनको समय दिएको छ । एक सूचना जारी गर्दै सरकारले नेपालमा सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थालाई ३० दिनभित्र दर्ता हुन निर्देशन दिएको हो । 

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को व्यवस्थाअनुसार सामाजिक सञ्जाललाई दर्ता हुन निर्देशन दिइएको  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । 

उक्त निर्देशिकाको दफा ३ मा सामाजिक सञ्जाल सञ्चालन गरेका वा गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले मन्त्रालयमा सूचीकरणका लागि आफैं वा आफ्नो प्रतिनिधिमार्फत सोही निर्देशिकाको अनुसूची-१ बमोजिमको ढाँचामा तोकिएका कागजात संलग्न गरी निवेदन दिनुपर्ने व्यवस्था गरिएको हो । 

सोही व्यवस्था अनुसार सरकारी निकायमा दर्ता हुन मन्त्रालयले सम्बन्धित सबैलाई निर्देशन दिएको छ । नेपालमा सञ्चालनका लागि दर्ता हुन निर्देशन दिँदै मन्त्रालयले तोकिएको समयभित्र दर्ता नहुने सामाजिक सञ्जाल प्लेटफर्म बन्द गर्ने चेतावनी समेत दिएको छ । 

त्यस्तै, दर्ता सामाजिक सञ्जाल सञ्चालनका लागि दर्ता हुने व्यक्ति, कम्पनी वा संस्थाले नेपालभित्र सम्पर्क बिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालनाको निगरानी गर्ने अधिकारीको व्यवस्था गर्नुपर्ने व्यवस्था पनि निर्देशिकामा उल्लेख गरिएको छ । हालसम्म नेपालमा भाइबर, टिकटकविटक दर्ता छन् । बाँकी अन्य सामाजिक सञ्जाल भने नेपालमा दर्ता छैनन् । नेपालमा सञ्चालन हुनका लागि दर्ता नभएका सामाजिक सञ्जाल आगामी ३० दिनभित्र दर्ता भइसक्नुपर्नेछ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register