अमेरिका र युक्रेनबीच संयुक्त पुनर्निर्माण लगानी कोष स्थापना गर्ने सम्झौतामा हस्ताक्षर

एजेन्सी । अमेरिका र युक्रेनले पुनर्निर्माण लगानी कोष स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौताको घोषणा अमेरिकी अर्थ मन्त्रालयबाट इमेलमार्फत जारी गरिएको प्रेस विज्ञप्ति मार्फत गरिएको बीबीसीले जनाएको छ। अर्थ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, दुई देशले ‘पुनर्निर्माण लगानी कोष’ गठन गर्न सहमति गरेका छन्, जसले ‘आपसी सम्पत्ति, प्रतिभा र क्षमता’ लाई कीभको पुन:प्राप्तिलाई गति […]

May 1, 2025 - 02:22
 0
अमेरिका र युक्रेनबीच संयुक्त पुनर्निर्माण लगानी कोष स्थापना गर्ने सम्झौतामा हस्ताक्षर

एजेन्सी । अमेरिका र युक्रेनले पुनर्निर्माण लगानी कोष स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौताको घोषणा अमेरिकी अर्थ मन्त्रालयबाट इमेलमार्फत जारी गरिएको प्रेस विज्ञप्ति मार्फत गरिएको बीबीसीले जनाएको छ।

अर्थ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, दुई देशले ‘पुनर्निर्माण लगानी कोष’ गठन गर्न सहमति गरेका छन्, जसले ‘आपसी सम्पत्ति, प्रतिभा र क्षमता’ लाई कीभको पुन:प्राप्तिलाई गति दिन सहयोग गर्नेछ।

यसअघि फेब्रुअरीमा ह्वाइट हाउसमा भव्य समारोहका बीच यो सम्झौता गर्ने तयारी भए पनि अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीचको तिक्ततापूर्ण भेटपछि त्यो योजना स्थगित भएको थियो।

बीबीसीका अनुसार सम्झौताको प्रारम्भिक मस्यौदामा अमेरिका-युक्रेन संयुक्त लगानी कोष युक्रेनमा महत्वपूर्ण खनिज र ऊर्जा आपूर्तिहरूको खोजीका लागि स्थापना गरिने उल्लेख छ। यसबाट प्राप्त राजस्व युक्रेनको पुनर्निर्माणमा खर्च गरिनेछ।

युक्रेनलाई भविष्यमा दिइने अमेरिकी सैन्य सहायताको लागतलाई कोषमा अमेरिकी लगानीको रूपमा गणना गरिने पनि मस्यौदामा उल्लेख छ । जसअनुसार युक्रेनले भविष्यको अमेरिकी सुरक्षा सहायताको बदलामा वासिङ्टनलाई आफ्ना केही प्राकृतिक स्रोतहरूमा पहुँच दिनेछ।

तर यो ट्रम्पले चाहेको भन्दा धेरै कम हो, किनकि ट्रम्पले सन् २०२२ मा युद्ध सुरु भएदेखि युक्रेनलाई दिइएको सम्पूर्ण अमेरिकी सैन्य सहायता फिर्ता लिन चाहेका थिए।

युक्रेनकी उपप्रधानमन्त्री युलिया स्भिरिडेन्कोले भनिन् “संयुक्त राज्य अमेरिकासँग मिलेर, हामी एउटा कोष बनाउँदैछौं जसले हाम्रो देशमा विश्वव्यापी लगानी आकर्षित गर्नेछ।”

युक्रेनकी  सांसद मारिया मेजेन्टसेवाले अमेरिका-युक्रेनबीचको  सम्झौताले खनिज, ऊर्जा र पूर्वाधारका साथै पुनर्निर्माण प्रयासहरूलाई समर्थन गर्ने जानकारी दिइन्। उनले युक्रेनले आफ्ना सबै स्रोतहरू नदिएको पनि स्पष्ट पारिन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register