रुखबाट लडेर एक जनाको मृत्यु 

पाल्पा।  घाँस काट्ने क्रममा रुखबाट लडेर जिल्लाको बगनासकाली गाउँपालिका –७ खानीगाउँमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाउँका ४५ वर्षीय कमल प्रसाद भट्टराई रहेका छन । भट्राइको रुखबाट लडेर  बुधवार बिहान मृत्यु भएको हो । भट्टराई आफ्नै घरदेखी तीन सय मिटर पूर्वतर्फ बारीमा रहेको साजको रुखमा चढी घाँस काट्ने क्रममा अचानक रुखबाट खसेर […]

Mar 26, 2025 - 13:58
 0
 रुखबाट लडेर एक जनाको मृत्यु 

पाल्पा। 

घाँस काट्ने क्रममा रुखबाट लडेर जिल्लाको बगनासकाली गाउँपालिका –७ खानीगाउँमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाउँका ४५ वर्षीय कमल प्रसाद भट्टराई रहेका छन । भट्राइको रुखबाट लडेर  बुधवार बिहान मृत्यु भएको हो ।

भट्टराई आफ्नै घरदेखी तीन सय मिटर पूर्वतर्फ बारीमा रहेको साजको रुखमा चढी घाँस काट्ने क्रममा अचानक रुखबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी  नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए । प्रहरी  नायव उपरीक्षक  मल्लका अनुसार भट्टराई रुखबाट  खसेको स्थानीयले जानकारी गराए लगत्तै स्थानीय प्रहरी चौकी गाप्टुङ र जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गर्दा घटनास्थलमै मृत्यु भएको पाइएको हो ।

उनी विहानै घरबाट घाँस काट्न भनि निस्किएका थिए । घर अबेरसम्म नआएपछि परिवार र छिमेकीले बारीमा हेर्न जाँदा लडेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको अनुसन्धान  भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register