एसईई परीक्षा दिइरहेका एक किशोरको बूढीगण्डकी नदीमा डुबेर मृत्यु

गोरखा । एसईई परीक्षा दिइरहेका एककिशोरको बूढीगण्डकी नदीमा डुबेर मृत्यु भएको छ । आरुघाट गाउँपालिका–१ का १६ वर्षीय युनिष गुरुङको बूढीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । ‘आरुघाट–४ थुमी आएका एसईई दिन आएका उनी बुधबार साँझ पौडी खेल्न बूढीगण्डकीमा गएका थिए,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले भने, ‘हामीलाई […]

Mar 27, 2025 - 02:35
 0
एसईई परीक्षा दिइरहेका एक किशोरको बूढीगण्डकी नदीमा डुबेर मृत्यु

गोरखा । एसईई परीक्षा दिइरहेका एककिशोरको बूढीगण्डकी नदीमा डुबेर मृत्यु भएको छ । आरुघाट गाउँपालिका–१ का १६ वर्षीय युनिष गुरुङको बूढीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

‘आरुघाट–४ थुमी आएका एसईई दिन आएका उनी बुधबार साँझ पौडी खेल्न बूढीगण्डकीमा गएका थिए,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले भने, ‘हामीलाई खबर आएपछि इलाका प्रहरी कार्यालय आरुघाट र आर्खेत प्रहरी चौकीबाट खटिएको टोलीले खोजतलास गर्द शव फेला पारेको हो ।’

खोजीका क्रममा बगाएको स्थानबाट करिब एक किलोमिटर तल गुरुङ मृत अवस्थामा फेला परेका उनले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register