एक घण्टा बित्नलाग्दा पनि सुरु भएन प्रतिनिधिसभा बैठक 

काठमाडौं । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु आज (बिहीबार) निर्धारित समयमा सुरु हुन सकिरहेको छैन । बैठक आज (बिहीबार) बिहान ११ बजेका लागि बोलाइएकोमा १२ बज्न लाग्दासम्म पनि सुरु हुन सकिरहेको छैन । कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट किन हटाएको भन्दै विपक्षी दलले प्रधानमन्त्रीको जवाफ मागेर विरोध जनाएपछि बुधबारको बिजनेस अगाडि नबढी स्थगित भएको […]

Mar 27, 2025 - 06:14
 0
एक घण्टा बित्नलाग्दा पनि सुरु भएन प्रतिनिधिसभा बैठक 

काठमाडौं । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु आज (बिहीबार) निर्धारित समयमा सुरु हुन सकिरहेको छैन ।

बैठक आज (बिहीबार) बिहान ११ बजेका लागि बोलाइएकोमा १२ बज्न लाग्दासम्म पनि सुरु हुन सकिरहेको छैन ।

कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट किन हटाएको भन्दै विपक्षी दलले प्रधानमन्त्रीको जवाफ मागेर विरोध जनाएपछि बुधबारको बिजनेस अगाडि नबढी स्थगित भएको थियो ।

यता बुधबार नै समाजवादी मोर्चाले प्राधिकरणबाट घिसिङलाई हटाउने निर्णयबारे प्रधानमन्त्री केपी शर्मा ओलीले चित्तबुझ्दो जवाफ नदिएसम्म सदन चल्न नदिने चेतावनी दिएको छ ।

यसैबीच बैठक बस्न ढिला भएको बताइएको छ । सभामुख देवराज घिमिरेले अहिले बानेश्वरमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् । अहिलेसम्म घिसिङबारे प्रधानमन्त्रीले जवाफ दिने सूचना आएको छैन ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लोकसेवा आयोगको ६५औँ वार्षिक प्रतिवेदन (२०८० साउन २०८१ असार)’ पेस गर्ने कार्यसूची तय छ ।
बैठकमा अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिनेछन् ।

यसैगरी ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने पनि कार्यसूची छ ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

यसैगरी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यसैगरी, राष्ट्रियसभाको बैठक मध्याह्न १२ः१५ बजेका निम्ति निर्धारण गरिएको छ । यद्यपि संसद् सचिवालयले सभाको सम्भावित कार्यसूची प्रकाशन गरेको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register