विपक्षीको विराेधपछि राष्ट्रियसभा बैठक एक घण्टाका लागि स्थगित

काठमाडौं । सङ्घीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक एक घण्टाका लागि स्थगित भएको छ । आज (बिहीबार)को बैठकमा विपक्षी दलहरूले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विरोधमा उठेर अवरोध गरेका थिए । यसपछि अध्यक्ष नारायण दाहालले आजै बस्ने गरी एक घण्टाका लागि बैठक स्थगित गरेका हुन् । बुधबार पनि पनि विपक्षीको अवरोधका कारण बैठक स्थगित […]

Mar 27, 2025 - 07:20
 0
विपक्षीको विराेधपछि राष्ट्रियसभा बैठक एक घण्टाका लागि स्थगित

काठमाडौं । सङ्घीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक एक घण्टाका लागि स्थगित भएको छ ।

आज (बिहीबार)को बैठकमा विपक्षी दलहरूले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विरोधमा उठेर अवरोध गरेका थिए ।

यसपछि अध्यक्ष नारायण दाहालले आजै बस्ने गरी एक घण्टाका लागि बैठक स्थगित गरेका हुन् । बुधबार पनि पनि विपक्षीको अवरोधका कारण बैठक स्थगित भएको थियो ।

यता प्रतिनिधिसभामा पनि प्रधानमन्त्री केपी ओलीले कुलमान हटाउने निर्णयको स्पष्टीकरण नदिए बैठक चल्न नदिने अडान विपक्षी दलहरूले राखिरहेका छन् । यसले गर्दा

बिहान ११ बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन ।

समामुख देवराज घिमिरेले सदन सुचारु गर्न छलफल गरिरहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register