अदालतलाई दबाब दिन प्रतिपक्षीले सदन अवरोध गर्‍यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई दबाब दिनका निम्ति प्रतिपक्षीले संसदमा अवरोध गरेको बताएका छन् । राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अदालतलाई दबाब दिनका निम्ति संसद अवरोध गरेको बताएका छन् । प्रतिपक्षीको सदन अवरोधको नियत राम्रो नभएको उनले बताए । चैत १८ गतेभित्र अध्यादेश प्रतिस्पाथन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नभए मुलुक कानुनी रिक्ततामा जानेभन्दै […]

Mar 27, 2025 - 07:23
 0
अदालतलाई दबाब दिन प्रतिपक्षीले सदन अवरोध गर्‍यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई दबाब दिनका निम्ति प्रतिपक्षीले संसदमा अवरोध गरेको बताएका छन् ।

राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अदालतलाई दबाब दिनका निम्ति संसद अवरोध गरेको बताएका छन् ।

प्रतिपक्षीको सदन अवरोधको नियत राम्रो नभएको उनले बताए । चैत १८ गतेभित्र अध्यादेश प्रतिस्पाथन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नभए मुलुक कानुनी रिक्ततामा जानेभन्दै प्रतिपक्षीले मुलुकमा कानुनी रिक्तता सिर्जना गर्न खोजेको उनले बताए । ‘त्यहीँ हुर्किएको मान्छेलाई निकालेर अर्को राख्नेले नयायको कुरा गर्ने । राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण भएभने चैत १८ गतेभित्र मुलुक कानुनी भ्याकुममा फस्छ । नन इस्युलाई इस्यु बनाएर अघि बढ्ने मुलुकमा कानुन बन्न नदिने नियत देखिन्छ,’ उनले भने ।

कुनै एक कर्मचारीलाई बर्खास्त गर्ने सरकारको निर्णयको विरोध गर्नुको कुनै अर्थ नहुने उनले बताए ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register