भारत थप ६०० मेगावट विद्युत दिन तयार भएको ऊर्जामन्त्री खड्काको दाबी

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले भारतसँग थप ६०० मेगवाट विद्युत पाउने सहमति भएको बताएका छन् । इण्डियन इनर्जी एक्सजेञ्जबाट अहिलेको समयमा ४ घण्टा प्लस गरेर थप ६०० मेगावाट विद्युत दिने सहमति भएको खड्का को भनाइ छ । हाल भारतले जुन ३० सम्मका लागि इण्डियन इनर्जी एक्सचेञ्जबाट सोलार आवरमा एक हजार ४ मेगावाट […]

Mar 27, 2025 - 13:10
 0
भारत थप ६०० मेगावट विद्युत दिन तयार भएको ऊर्जामन्त्री खड्काको दाबी

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले भारतसँग थप ६०० मेगवाट विद्युत पाउने सहमति भएको बताएका छन् । इण्डियन इनर्जी एक्सजेञ्जबाट अहिलेको समयमा ४ घण्टा प्लस गरेर थप ६०० मेगावाट विद्युत दिने सहमति भएको खड्का को भनाइ छ ।

हाल भारतले जुन ३० सम्मका लागि इण्डियन इनर्जी एक्सचेञ्जबाट सोलार आवरमा एक हजार ४ मेगावाट विद्युत उपलब्ध गराउँदै आएको थियो । अब आउने उक्त विद्युत ढल्केवर-मुजफ्फरपुर प्रशारण लाइनबाट नेपाल आउने भएको छ ।

नेपालमा सुख्खायाममा हुने विद्युत समस्याको समाधानका लागि भारत सरकारसँग थप विद्युत माग गरेकोमा भारतले सहमति जनाएर विद्युत उपलब्ध गराउनु सबैका लागि खुसीको कुरा भएको मन्त्री खड्काको भनाइ छ । ‘नेपाली जनतालाई २४ सै घण्टा विद्युत दिन सरकार प्रतिबद्ध छ,’ उनले भने, ‘लोडसेडिङ हुने हल्ला मात्र हो, हल्लाको पछि कोही पनि नलागौं ।’

हाल उद्योगहरूमा दैनिक १२ घण्टा लोडसेडिङ हुँदै आएको छ । भारतले थप विद्युत दिने स्वीकृति प्रदान गरेसँगै लोडसेडिङ हुने खतरा टरेको मन्त्रालयले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register