प्रदेश प्रमुख र मुख्यमन्त्रीको दोहोरो सुविधामा सर्वोच्चको कारण देखाउ आदेश

सातवटै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई दिइएको दोहोरो आवास सुविधाबारे सर्वोच्च अदालतले कारणदेखाउ आदेश जारी गरेको छ ।  अधिवक्ता चन्द्रप्रकाश भुसालले मुख्यमन्त्री र प्रदेश प्रमुखले कार्यक्षेत्रसँगै संघीय राजधानी काठमाडौंमा पनि सुविधा लिएको भन्दै त्यसलाई रोक लगाउनुपर्ने मागसहित दायर गरेको रिटमा सर्वोच्चले कारण देखाउ आदेश दिएको हो । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कारण देखाउ आदेश […]

Mar 27, 2025 - 13:10
 0
प्रदेश प्रमुख र मुख्यमन्त्रीको दोहोरो सुविधामा सर्वोच्चको कारण देखाउ आदेश

सातवटै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई दिइएको दोहोरो आवास सुविधाबारे सर्वोच्च अदालतले कारणदेखाउ आदेश जारी गरेको छ ।  अधिवक्ता चन्द्रप्रकाश भुसालले मुख्यमन्त्री र प्रदेश प्रमुखले कार्यक्षेत्रसँगै संघीय राजधानी काठमाडौंमा पनि सुविधा लिएको भन्दै त्यसलाई रोक लगाउनुपर्ने मागसहित दायर गरेको रिटमा सर्वोच्चले कारण देखाउ आदेश दिएको हो ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।

भुसालले नेपाल सरकार मन्त्रिपरिषद्को कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालयका साथै सातवटै प्रदेश प्रमुख र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएका छन् ।

रिट निवेदनमा भुसालले उनीहरूलाई ललितपुर भैसेपाटीमा रहेको आवास र अरू सुविधाबाट बञ्चित गर्नुपर्ने माग गरेका छन् । भैंसेपाटीमा सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरूका लागि २७ रोपनी १२ आना क्षेत्रफलमा आवास निर्माण भएको र ७ वटा भवनमा १४ वटा ब्लकसहितको आवासक्षेत्र निर्माण गर्न ८५ करोड रुपैयाँ भन्दा बढी खर्च भएको उनले निवेदनमा उल्लेख गरेका छन् ।

प्रदेश प्रमुख र मुख्यमन्त्री काठमाडौं आउँदा त्यही आवासको प्रयोग गिररहेका छन् ।

 

अधिवक्ता भुसालले प्रदेश प्रमुखको लागि आवास बाहेकका सुविधा खर्च प्रति महिना करिब २–३ लाख रुपैयाँसम्म हुनसक्ने र मुख्यमन्त्रीका लागि आवास बाहेकका सुविधा खर्च प्रति महिना करिब ३–४ लाख रुपैयाँसम्म हुनसक्ने भन्दै रिट निवेदनमा राज्यकोषमा भार पारेकाले उक्त सुविधा खारेज गर्नुपर्ने माग गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register